arrow

मेस्सीको चल्यो जादू, ह्यारि केन पछि परे 

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
barcelona19.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले कप्तान लियोनल मेस्सीको गोलबाट जित निकालेको छ । स्पेनिश क्लव बार्सिलोनाले बुधबार रातिको खेलमा इंगलिश क्लव टोटनह्याम हट्सपरमाथि ४–२ को जित निकालेको हो ।

समूह बी अन्तर्गतको खेलमा लगातार दोस्रो जित निकालेको बार्सिलोनालाई जिताउन मेस्सीले दुई गोल गरे । बार्सिलोनाका लागि दोस्रो मिनेटमा नै फिलिप्पे कौटिन्होले गोल गर्दै सुरुवाती अग्रता दिलाए । २८ औँ मिनेटमा इभाँ राकिटिकले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो ।

दोस्रो हाफमा टोटनह्यामले खेलमा फर्किने संकेत गर्यो । ५२ औँ मिनेटमा ह्यारी केनले गोल फर्काए । तर त्यसको चार मिनेटपछि बार्सिलोनाका कप्तान मेस्सीले गोल गरे ।

६६ औँ मिनेटमा एरिक लामेलाले टोटनह्यामका लागि गोल गरेपछि खेलमा बार्सिलोनाको अग्रता ३–२ को अवस्थामा पुग्यो । तर ९० औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ४–२ को जित पक्का गरेको हो ।

यसअघि बार्सिलोनाले पिएसबी आइन्डहोभनलाई हराएको थियो । ह्यारि केनले टोटनह्यामको मैदानमा जादू देखाउने अनुमान फेल खायो । टोटनह्याम फ्यानले मेस्सीको पनि राम्रो समर्थन गरे । 

समूह बी अन्तर्गत नै भएको खेलमा इटालियन क्लब इन्टर मिलानले आइन्डहोभनलाई २–१ ले हरायो । बार्सिलोना र इन्टर मिलान समान ६ अंकसहित समूहको पहिलो र दोस्रो स्थानमा छन् ।

Lloris made the mistake on his first game back since missing Spurs' last six in all competitions with a thigh muscle strain

It was sublime technique from the World Cup finalist as he blasted the ball into the net with his right foot

That hope was dashed just minutes later though when Lionel Messi got on the score sheet from close range

Harry Kane battles for the ball with Barcelona midfielder Sergio Busquets in the early stages of the game at Wembley

Kane tries to apply some pressure to Barcelona defender Clement Lenglet but he manages to clear the ball away from danger

 Messi goes down under a heavy challenge from Spurs' Victor Wanyama after embarking on a windy run in midfield



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ