arrow

वाणिज्य बैंकले आक्रामक रुपमा गर्न थाले ऋण लगानी

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
bank-of-nepal-rasta-bank-602x400.jpg.jpeg

काठमाडौँ । ‘क’ वर्गका वाणिज्य बैंकले पछिल्लो दिनमा आक्रामक रुपमा ऋण लगानी गर्न थालेका छन् ।  चालू आर्थिक वर्षको यही असोज १२ गतेसम्म वाणिज्य बैंकले  ६५ अर्ब निक्षेप सङ्कलन गरेकामा  ९३ अर्ब ऋण लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो एक तथ्याङ्कअनुसार वाणिज्य बैंकले  २५ खर्ब २० अर्ब निक्षेप सङ्कलन गरेका छन् भने  २२ खर्ब आठ अर्ब ऋण लगानी गरेका छन् । बैंकमा अझै लगानीयोग्य रकम  तीन खर्ब १२ अर्ब छ ।

गत साउन २५ गतेसम्म बैंकले  २४ खर्ब ५५ अर्ब निक्षेप सङ्कलन गरेका थिए भने असोज १२ गतेसम्म आइपुग्दा निक्षेपको मात्रा बढेर २५ खर्ब २० अर्ब पुगेको छ । यस्तै गत साउन २५ गतेसम्म  २१ खर्ब १५ अर्ब ऋण लगानी गरेका बैंकले ऋण लगानी बढाएर असोज सो अवधिमा  २२ खर्ब आठ अर्ब पुर्‍याएका छन् ।

ऋण लगानी गर्दा पनि अझै बैंकमा लगानीयोग्य रकम उपलब्ध देखिएको छ । यही असोज ५ गतेदेखि असोज १२ गतेसम्म मात्रै बैंकले  आठ अर्ब निक्षेप सङ्कलन गर्दा सोही अवधिमा  १९ अर्ब ऋण लगानी गरेका छन् । निक्षेपको तुलनामा तत्काल लगानीयोग्य रकम उपलब्ध भए तापनि आक्रामक लगानीका कारण आगामी दिनमा लगानीयोग्य रकममा संकुचन आउने सक्ने देखिन्छ ।

चाडबाडको समयमा सवारी साधनको खरिदमा समेत बैंकले लगानी बढाएका छन् । यस्तै उद्योग तथा अन्य व्यवसायमा समेत लगानी बढेका कारण ऋणको मात्रा बढेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ