arrow

सहकारी चोरीको बिषयमा प्रहरीद्वारा प्रगति प्रतिवेदन सार्वजनिक

logo
सीता डोटेल,
प्रकाशित २०७५ असोज १९ शुक्रबार
sahakari-chori.jpg

पाल्पा, रामपुर । सुरक्षा बचत तथा क्रृण सहकारीमा भएको चोरीको विषयमा इलाका प्रहरी कार्यालयले प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । गत साउन ८ गते राती सहकारीबाट नगद ११ लाख बढी रकम चोरी भएको थियो ।

प्रहरीले सहकारी सञ्चालक समिति, कर्मचारी, जनप्रततिनिधि, पत्रकार तथा सरोकारवालाहरुलाई चोरीको घटनामा भइरहेको अनुसन्धानका बिषयमा जानकारी दिएको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भोजराज पाण्डेले झण्डै साढे २ महिनाको अवधिमा प्रहरीले स्थलगत तथा चोरीको भएको राती सो घटना क्षेत्रको वरपर भएको फोन कलको आधारमा अनुसन्धान भैरहेको बताउदै केही मानिसमा शंङ्का लागेकोले थप अनुसन्धान जारी रहेको जानकारी दिए।

 पत्रकारहरुसँग प्रहरी निरिक्षक पाण्डेले भने– घटना भएपश्चात २ पटक काठमाडौं आफै पुगेर सिआईबिबाट एलसिएल र एनटिसीका एक्टिभ मोवाइल नम्बर ल्याएर त्यसकै आधारमा अनुसन्धान भैरहेको छ । केही मोवाईल अहिले अफ भएका छन् पाण्डेले भने त्यसका आधारमा ५० प्रतिशत बढी सफलता तर्फ पुगेका छौ । नमस्ते मोवाइलको नेटवर्कले बढी नम्बर समातेको हुदाँ त्यसको लागि केही समय लागेको उनले बताए । अहिलेसम्म फोन कलका आधारमा जोडिएका झण्डै २ दर्जन बढी मानिसलाई ल्याएर अनुसन्धान गरिसकेका छौ पाण्डेले भने ।

सहकारी सञ्चालक समितिले नगद ५० हजार भन्दा माथिको रकम सहकारीमा राख्न नपाइने नियमलाई वेवास्ता गर्दै लाखौं रकम सहकारी कार्यालयको टेवल र्‍याकमा राखिनु, शेयर सदस्यबाट दैनिक सङ्कलित रकम ८ दिनसम्म बैंङ्कमा जम्मा नगर्नु, भल्ट(सेभ)सिस्टम नराख्नु, सिसिटिभीको प्रयोग नहुनु, सहकारीको गेटको ताला नलाइनु, दराजको चावी दराजमा नै छाड्नु लगायतका सहकारी सञ्चालक तथा व्यवस्थापनका काममा कमजोरी भेटिएको प्रहरीले जनाएको छ । घटना भएपश्चात पनि सुरक्षा सहकारीको सुरक्षामा समिति चुस्त दुरुस्त हुन नसकेको प्रहरीले जनाएको छ ।

सहकारीका अध्यक्ष लेखनाथ रेग्मीले सो समयमा आफु काठमाडौं गएको र चोरी भएको कसैले नदेखे नभेटेकोले आफुहरुले कसैमाथि औंला ठड्याउन सक्ने स्थिति नभएको बताए । स्थानीय एक बिद्यालयका शिक्षक समेत रहेका रेग्मीले सहकारी संस्था स्थापना गरेपनि आफुले चाहे अनुसारको समय दिन नसकेको बताए ।

सहकारीका व्यवस्थापक चन्द्र बहादुर मल्लले रकम त्यसरी राखिएको बारे आफु अनबिज्ञ रहेको बताए । दिउँसो रामपुरकै एक तालिममा सहभागी भएको बताएका व्यवस्थापक मल्ले भने–कर्मचारीले रकम भएको सुनाएनन् आफु बाहेक ६ जना कर्मचारी अफिस मै भएकोले सबै जिम्मेवारी स्टार्फलाई दिएको थिए । अफिस बन्द भएपछि तालिमबाट आएका मल्लले सहकारीको बाहिर राती झण्डै ११ बजेसम्म वाईफाई चलाएर बसेको प्रहरीको मोवाइल अनुसन्धानबाट खुलेको छ । त्यसकारण चोरी राती मध्य रातपछि भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सो दिन घरधनी बुद्धिप्रकाश रेग्मीको कोठा पनि फोरिएको थियो । रेग्मीको कोठाबाट आधातोला सुन सहित केही नगद चोरी भएको छ । घरधनी बाहिर भएको मौकामा भएको चोरीका बिषयमा बोल्दै रेग्मीले चोरी पश्चात पनि ५ लाख रकम त्यसैगरि राखिनु अर्को गल्ती भएको बताए । पत्रकारहरुसँग जानकारी गराउदै रेग्मीले आफु सहकारीको शेयर सदस्य भएको र आफ्नै घरमा सहकारी बसेकोले बिभिन्न चुनौती आएपनि अझै सहकारी व्यवस्थित रुपमा चल्न नसकेको बताए। सहकारीका व्यवस्थापक मल्लले घटना पश्चात पनि सेवाग्राहीलाई दैनिक सेवा दिनुपर्ने भएकाले सो रकम राखिएको बताए।

प्रगति सार्वजनिक गर्दै प्रहरी प्रमुख पाण्डेले सहकारी सञ्चालक समिति जागरुक भएर प्रहरीको अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । समितिले कर्मचारी जिम्मेवार र कर्मचारीले समिति जिम्मेवार नभएको दोसारोपण गर्नुभन्दा पाण्डेले भने–घटना पश्चात समिति, कर्मचारी, शेयर सदस्यको आनीवानी र छरछिमेकमा भेटिने नयाँ मानिसको सोधी खोजीमा सहयोग गरि अनुसन्धानमा सजिलो बनाउन आग्रह गरे।

 पाल्पामा सहकारीमा चोरीका घटना बढेकाले अन्य सहकारीमा सेभ सिस्टमको प्रयोगले रकम चोरी हुन नपाएको बताउदै उनले सर्वसाधरणले बिश्वास गरेर बचत गरेको रकममा सहकारीका टिम चनाखो हुनुपर्ने बताए । सहकारी सञ्चालक समितिद्धारा गठित चोरी घटना अनुसन्धान समितिका संयोजक तथा नगर उपप्रमुख बिष्णुदेवी आचार्य घिमिरेले समितिले त्यहाँको क्रियाकलापबारे बेला–बेला जानकारी लिइरहेको र १५ दिनको पुनः म्याद थपि समितिले काम गरिरहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ