आर्सनल र चेल्सीको सहज जित, म्यान्चेस्टर सिटी रोकियो
प्रकाशित २०७५ असोज २२ सोमबार
565
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा आर्सनल र चेल्सीले सहज जित निकाल्दा म्यान्चेस्टर सिटी रोकिएको छ । आइतबार राति भएको खेलमा चेल्सीले साउथह्यानम्पटनलाई ३–० ले पराजित गर्यो । चेल्सीलाई जित दिलाउन इडेन हाजार्ड, रोज बार्कले र अल्भेरो मोराटाले गोल गरे ।
साउथह्याम्टनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले खेलको ३०औं मिनेटमा रोजको पासमा हाजार्डको गोलबाट अग्रता बनाएको थियो ।
पहिलो गोलको लागि अवसर सिर्जना गरेका रोजले ५७औं मिनेटमा ओलिभर जिरुको पासमा गोल गर्दै चेल्सीलाई २–० ले अघि बढाएको थियो । ९०औं मिनेटमा वैकल्पिक खेलाडीको मैदान प्रवेश गरेका अल्भेरो मोराटाले हाजार्डको पासमा गोल गर्दै चल्सीलाई ३–० को सहज जित दिलाए ।
आइतबार राति नै भएको खेलमा आर्सनलले फुलहममाथि ५–१ को फराकिलो जित निकाल्यो । आर्सनलको सहज जितमा एलेकसान्द्र लाकाजेट्टी र पिएरे हेनरिक आवुमियाङले समान २ तथा आरोन राम्सीले १ गोल गरे । फुलहमका आन्द्रे सरेले गोल गरे ।
आइतबार राति नै भएको खेलमा लिभरपुल र म्यानचेस्टर सिटीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
लिगको अंक तालिकामा ८ खेलबाट म्यान्चेस्टर सिटी, चेल्सी र लिभरपुलको समान २० अंक भएको छ । सिटी र लिभरपुलले बराबरी खेल्दा चेल्सी माथि चढेको हो ।