arrow

मेस्सीको गोलले पनि जितेन बार्सिलोना 

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
messi23.jpg

काठमाडौं । लियोनल मेस्सीले गोल गरे पनि स्पेनिश ला लिगा फुटबल अन्तर्गत आइतबार रातिको खेलमा भ्यालेन्सियाविरुद्ध जित हासिल गर्न सकेन । 

बार्सिलोनाले महत्वपूर्ण २ अंक गुमाउने क्रममा १–१ को बराबरी खेल्यो । 

घरेलु मैदानमा खेलेको भ्यालेन्सियाले २ मिनेटमै अग्रता लियो । कर्नर मार्फत एजीक्वेल गेरेले गोल गरेपछि घरेलु टोलीले अग्रता लियो।

२३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई बराबरी दिलाए। 

त्यसपछि बार्सिलोनाले गोल गर्न भुल्यो । खेलमा ७५ प्रतिशत बल आफ्नो कब्जामा राखेर पनि बार्सिलोनाले गोल गरेन । 

यो बराबरीले बार्सिलोना १५ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । आइतबार राति सेल्टाभिगोलाई २–१ ले पराजित गरेको सेभिया १६ अंकसहित शिर्ष स्थानमा पुगेको छ । 

तेस्रो स्थानको एथ्लेटिको म्याड्रिडको १५ अंक छ । १४ अंकको रियाल मड्रिड चौथो स्थानमा छ । 

 

The Argentinian talisman celebrates with team-mates Luis Suarez (right) and Philippe Coutinho (No 7) in the first half

Valencia defender Ezequiel Garay celebrates with the supporters after breaking the deadlock early on against Barcelona

The Argentine defender is swarmed by his Valencia team-mates after scoring the opening goal inside two minutes

Barcelona manager Ernesto Valverde watches on as his side battle it out with Valencia at the Estadio de Mestalla



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ