काठमाडौं। नेपाली काँग्रेसको २०७२ फागुन २०–२३ गतेसम्म काठमाडौंमा हुने १३औं महाधिवेशनको लागि काँग्रेसको केन्द्ररीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले तयार गरेको नीति तथा कार्यक्रमको मस्यौदा प्रस्तावको मुख्य राजनीतिक प्रस्ताव यस प्रकार छ।
मुख्य राजनीतिक प्रस्ताव
बाह्रौं महाधिवेशन सम्पन्न भएको साढेपाँच वर्ष पछि हामी तेह्रौं महाधिवेशन सम्पन्न गर्न गईरहेका छौं । यस ऐतिहासिक अवसरमा पार्टीभित्र विभिन्न तहमा भएका लोकतान्त्रिक अभ्यासहरु पारगर्दै पार्टीको नीति, नेतृत्व र संगठनलाई नयाँ दृष्टि, दिशा र उर्जा प्रदान गर्ने उद्देश्यले उत्साहका साथ महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएर आउनु भएका सम्पूर्ण साथीहरुलाई सर्वप्रथम बधाइ ज्ञापन र अभिवादन गर्न चाहन्छौं ।
नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको पुनःस्थापना एवं संरक्षण र सम्बद्र्धनका लागि आफूलाई उत्सर्ग गर्ने वीर शहिदहरु र लोकतान्त्रिक आन्दोलनको धरोहरको रुपमा रहेका महान अग्रज नेताहरुप्रति हृदय देखिनै यस पूुनीत अवसरमा श्रद्धा र सम्मान व्यक्त गर्दछौं ।
नेपाली काँग्रेसको यो महाधिवेशनलाई मुलुकमा विद्यमान अन्य राजनीतिक शक्तिहरु र आम नागरिकहरुले समेत गम्भीरतापूर्वक हेरिरहेका छन । त्यस्तै नेपालको राजनीतिक घटना र नेपालबारे अभिरुची राख्ने अन्तर्राष्ट्रिय समुदाय, संघसंस्थाहरु र मित्रहरुले समेत अत्यन्तै उत्सुकताका साथ यो महाधिवेशनको अवलोकन गरिरहेका छन ।
आफ्नो जन्मकालदेखि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाली काँग्रेसले आफ्ना नीति, नेतृत्व र संगठनलाई समय सापेक्षरुपमा रुपान्तरण गर्न सक्छ कि सक्दैन सबैको चासो र उत्सुकताको विषय भएको छ । नेपाली काँग्रेसले अबलम्बन गर्ने नीति, कार्यदिशा र चयन गर्ने नेतृत्व सिधै मुलुकको शान्ति, स्थिरता, सम्बृद्धि एवं लोकतन्त्रको संस्थागत विकास र खासगरी नयाँ संविधानले निर्देष्ट गरेको परिवर्तनलाई व्यवस्थित गर्ने कार्यसँग जोडिने भएकोले सबैमा यस्तो उत्सुकता र चासो सिर्जना भएको हो ।
१. वर्तमान राजनीतिक परिवेश र नेपाली काँग्रेस
साढेपाँच वर्ष अगाडि बाह्रौं महाधिवेशन सम्पन्न गर्दाको राजनीतिक परिवेशभन्दा वर्तमानको परिवेश भिन्न रहको छ । सामना गर्नु पर्ने चुनौती, राजनीतिक अवस्था र अवसहरु पनि भिन्न प्रकृतिका रहेका छन् । समावेशिता, संघीयता र लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संविधान आएको छ । यसले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा समेत नयाँ व्यवस्था र परिवर्तनको सूत्रपात गरेको छ ।
यो परिवर्तन नेपाली कांग्रेसले ००७ साल अघि देखिनै शुरु गरेको सामन्ती व्यवस्था र हुकुमी शासन विरुद्ध मजदुर आन्दोलन, हलो जोत्ने आन्दोलन, महिला शिक्षा र जागरण आन्दोलनको सन्दर्भसँग जोडिन पुगेको छ । वर्तमानमा नेपाली काँग्रेस नवीन अवसर, अनुभव र चूनौतीहरुको वीचमा उभिएको छ ।
२०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेस दोस्रो ठूलो दलको रुपमा रह्यो । ६०१ सदस्य रहेको संविधानसभामा जम्मा ११४ सदस्यमात्र रहेको नेपाली काँग्रेसले अलोकतान्त्रिक संविधान देश र जनतामाथि थोपर्न नदिन निरन्तर क्रियाशील रह्यो र सफल पनि भयो । पहिलो संविधानसभा वामपन्थी राजनीतिक दलहरु र लोकतन्त्र भन्दा क्षेत्रीयता र जातीयतालाई उदृीप्त गर्ने शक्तिहरुकै अपरिपक्वता र अदुरदर्शिताकै कारणले अन्त्य हुन पुगेको कसैबाट छिपेको छैन । २०७० साल माघ ४ गने भएको दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली जनताले नेपाली काँग्रेसलाई पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित गराएपछि नेपाली काँग्रेसकै नेतृत्वमा वर्तमान नयाँ संविधान जारी हुन सम्भव भएको हो ।
नेपाली काँग्रेसले यस ऐतिहासिक क्षणमा यी नवीन अवसरहरुको उपयोग गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरुको सामना गर्न सक्ने दुरदृष्टि, आँट र संकल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र संगठन निर्माणको कार्यदिशा निर्धारण गर्नु पर्ने अवस्था आएको छ ।
परिवर्तनको नेतृत्व र नेपाली कांग्रेस
कुनै पनि राजनीतिक दल सदाकालका लागि एउटै प्रकृतिको संरचना, कार्यशैली, कार्यपद्धति र कार्यनीतिको बन्दी हुन सक्दैन । बदलिँदो राजनीतिक, आर्थिक, सामाजिक—सांस्कृतिक परिवेश अनुरुप आफ्ना संरचनात्मक स्वरुप, कार्यशैली र कार्यनीतिको परिवर्तन गर्नु पर्ने हुन्छ । यो अवस्था वर्तमानमा नेपाली काँग्रेसमा पनि आएको छ । नेपाली काँग्रेसले बदलिँदो वर्तमान परिवेश अनुरुप आफ्ना सांगठनिक संरचना, राजनीतिक चिन्तन, दृष्टिकोण, कार्यशैली, कार्यप्रणाली र प्रवृत्तिगत आचरणहरुमा समेत रुपान्तरण गर्नुपर्ने अवस्थालाई आत्मसात गर्नु पर्नेछ ।
नेपालको राजनीतिक एवं संवैधानिक विकासको इतिहासमा नेपाली काँग्रेसकै नेतृत्वमा संघीय गणतान्त्रिक नेपालको लोकतान्त्रिक संविधान घोषणा भएको छ । जनताका प्रतिनिधिहरुद्वारा संविधान निर्माण गर्ने राष्ट्रिय आकांक्षा सात दशक अगाडि देखिको हो । यो संविधानको घोषणाले लोकतन्त्र, संघीय गणतन्त्र, समानुपातिक/समावेशिता, स्वतन्त्र न्यायपालिका, संसदीय व्यवस्था एवं मिश्रित निर्वाचन प्रणालीजस्ता संविधानका आधारभूत अन्तरवस्तुहरुलाई संस्थागत गरेको छ । यथार्थमा भन्ने हो भने संविधानसभाबाट नेपालको संविधान निर्माण गर्ने हाम्रा अग्रजहरुको सपना साकार भएको छ । यसले लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणको नयाँ आधारभूमि प्रदान गरेको छ ।
यो संविधानले निर्दिष्ट गरेको परिवर्तनको नेतृत्व गर्न नेपाली कांग्रेस स्वयं अग्रसर हुनु पर्दछ । त्यसका लागि नेपाली कांग्रेस स्वयं पनि परिवर्तनलाई पूर्णतः आत्मसत गर्ने गरी परिवर्तित हुन जरुरी छ । आचारण, व्यवहार र कार्यशैलीमा पूर्ण परिवर्तन । नेपाली समाजलाई यो विन्दुसम्म ल्याइपुर्याउन नेपाली कांग्रेसका अग्रजहरुले देखेको सपना, प्रवाहित गरेका विचार र जीवन जोखिममा राखेर गरेका संघर्षको ईतिहास जग जाहेर छ ।
नेपाललाई सामान्ती युगवाट आधुनिक युगमा उर्तान, हुकुमी शासनवाट लोकतन्त्रको युगमा अग्रशर गराउन, एकाधिकारवादी, रुढिग्रस्त र विभेदपूर्ण समाजलाई समातामूलक समाज तर्फ उन्मुख गराउन नेपाली कांग्रेसले आजसम्म गदै आएका अथक प्रयाशहरुवाट नेपाली समाज र व्यवस्थालाई यहाँ सम्म ल्याईपुर्याउन ठूलो भूमिका निर्वाह गरेको छ ।
नेपाली काग्रेसले आफ्नो शुरु जन्मकाल २००३ साल देखि समाजवादलाई विधिवत रुपमा अंगालेको छैठौं महाधिवेशन हुदै आठौं महाधिवेशन कलवलगुढी र एघारौ महाधिवेशन पोखरा र आज तेह्रौ महाधिवेशन सम्म आईपुगदा आफ्ना नितिगत र सैद्धान्तिक अवधारणामा अनेकौं आयाम थप्दै र आफ्नो संगठानात्मक स्वरुपमा विभिन्न फेरवदल समेत गर्दै आएको छ ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसका स्थिर सैद्धान्तिक मान्यताका रुपमा रहदै आएका छन् र यसले समय सापेक्ष नीति, रणनीति र कार्यनीति अंगाल्दै आएको छ । तर नेपाली कांग्रेसले राष्ट्रलाई अस्थिर र समाजलाई अस्तव्यस्त गराउने जोखिमपूर्ण नीति कहिल्यै अख्तियार गरेन ।
शुरुमा अध्यक्ष्यात्मक रुपमा रहदै आएको नेपाली कांग्रेसको संगठनात्मक संरचना क्रमश केन्द्रीय सदस्य र पदाधिकारीहरुको निर्वाचन गर्ने व्यवस्था गर्दै सामूहिक नेतृत्व तर्फ लंकिइरहेको छ । आफ्नै कार्यसञ्चालनमा अनुभुत भएका अपठयारा र सजिला अनुभवको आधार तथा अन्य मुलुकका लोकतान्त्रिक पार्टीहरुको अनुभव समेतका आधारमा यो स्वरुपमा फेरवदल हुदै रहन सक्छ ।
आफ्नो संगठनको शुरुकाल देखिनै नेपाली समाजका विभिन्न जाती, वर्ग समुदाय र सम्प्रदायको सहभागिता रहेको नेपाली कांग्रेसको समावेशी संगठन वाह्रौ महाधिवेशन सम्म आईपुगदा वढिभन्दा वढि संस्थागत र विधिसम्मत रुपलनै समावेही स्वरुप ग्रहण गर्दै आएको छ । पार्टीको विधानमा नै व्यवस्था गरी गाउँ देखी केन्द्रीय तहसम्म, महिला, मधेसी, आदीवासी जनजाती, दलित, मुस्लिम, अपाङ्ग तथा समाजमा पिछडिएका वर्गहरुको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ ।
संविधानको कार्यन्वयन
कुनै पनि देशमा संविधान मूल कानूनको रुपमा रहेको हुन्छ र सूत्रवद्ध हुन्छ । त्यसलाई क्रियाशील तुल्याउन र कार्यान्वयन गर्नका लागि संविधानको मर्म अनुरुप ऐन, नियम एवं नीतिहरु निर्माण गर्नु पर्ने हुन्छ । संविधानमा कतिपय यस्ता अवधारणाहरु समावेश गरिएका छन, जसलाई प्रष्ट परिभाषा र व्याख्या गरी कार्यान्वय गर्नुपर्ने अवस्था छ । वर्तमान राष्ट्रिय राजनीतिको शक्ति संरचनालाई हेर्दा नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक समाजवादको दर्शनले ओतप्रोत पार्टीले यसको कार्यान्वयनको नेतृत्व लिन अलिकति पनि उदासीन रहँदा संविधानमा उल्लेख गरिएका लोकतान्त्रिक धाराहरुको अपव्याख्या हुने र मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयास नहोलान् भन्न सकिँदैन । यसको मर्म अनुरुप यो संविधानलाई कार्यान्वयन गर्न सकेमा लोकतान्त्रिक समाजवादी मान्यताका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न सक्ने यथेष्ट सम्भावना रहेको छ । यथार्थमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण गर्न यो संविधान महत्वपूर्ण आधार बन्न सक्दछ । नेपाली काँग्रेसले यस अवसरमा संविधान कार्यान्वयनको लागि दृढता र संकल्प प्रदर्शित गर्न चाहन्छ ।
लामो समयदेखिको केन्द्रीकृत सोच र एकात्मक राज्यप्रणालीबाट नेपालका सबै जातजाति, भाषाभाषि, धर्म, वर्ण, लिंग, क्षेत्र र वर्गका नागरिकहरुको राज्यका स्रोत, साधन, अवसर र सत्तामा समान पहुँच हुन नसकेको कारणले नै हामी संघीय संरचनामा प्रवेश गरेका छौं । यो संविधानले संघीयतालाई संस्थागत गरिसकेको छ । यसलाई व्यवस्थित गर्ने चूनौतीहरु अझै हाम्रो सामु छन । नेपाली काँग्रेस संघीतासम्बन्धी सिमांकन, नामांकन, प्रशासनिक व्यवस्थापनदेखि स्रोत साधनको पहिचान, परिचालन र उपयोगसम्बन्धी ऐन, नियम र नीति निर्माणलगायतका बाँकि महत्वपूर्ण विषयहरुको टुंगो लगाउने प्रतिवद्धता व्यक्त गर्दछ । संविधानका यस्तै महत्वपूर्ण जटिल प्रावधानहरुको कार्यान्वयन नेपाली काँग्रेसको नेतृत्व विना सम्भव देखिदैन । सत्तामा रहेपनि नरहेपनि यो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्न नेपाली काँग्रेस कृतसंकल्पित रहेको छ ।
पीडित जनताप्रतिको दायित्व
एकातिर संविधान कार्यान्वयनको यस किसिमको चूनौती रहेको छ भने अर्कोतिर वैशाख १२ को विनाशकारी महाभूकम्पले सिर्जना गरेको विपत्तिपूर्ण परिस्थितिबाट लाखौं नेपालीहरुले अहिले पनि मुक्ति पाउन सकेका छैनन् । भूकम्प पिडितहरुका लागि खाना, नाना र छानाको व्यवस्थापनको लागि नेपाली काँग्रेसको नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्यो । दातृ निकायहरुबाट आर्थिक र भौतिक सेवा प्रदान गर्ने प्रतिवद्धताको निर्माण गर्यो । त्यसको लागि पुनः निर्माण प्राधिकरणको गठन गरी पुनः निर्माणको कार्यलाई तत्काल अगाडि बढाउने विस्तृत कार्ययोजनासमेत अगाडि ल्याइसकेको थियो । तर संविधान घोषणा भए लगत्तै एमाले लगायतका राजनीतिक दलहरु सत्ताकेन्द्रित राजनीतिमा धु्रवीकृत र क्रियाशील रहे । नेपाली कांग्रेसले मधेस सवाललाई दृष्टिगत गर्दै राष्ट्रिय एकताको प्रश्नलाई गम्भीर रुपमा लिदै पुरानो गठबन्धनमा टाँसिइ रहनु दुरदर्शिता नरहने ठहर गर्यो । र लोकतान्त्रिक मान्यता अनुरुप प्रतिस्पर्धा गरी प्रतिपक्षमा रहन तयार भयो यता नयाँ संविधानको घोषणासँगै सुरुवात भएको मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीले नेपाली जनताको जीवन अरु भयावह र कष्टकर तुल्याएको छ । महंगी र कालो बजारीबाट नेपाली जनता आक्रान्त छन । भ्रष्टाचार संस्थागत बन्दै गएको छ । तस्करहरु मौलाइरहेका छन । तर वर्तमान सरकार यी दुवै समस्याको समाधानमा गम्भीर देखिएको छैन । आधादर्जनभन्दा बढी उपप्रधानमन्त्री बनाउने र मन्त्री माथि मन्त्री थप्न मन्त्रालय फुटाइ प्रशासनिक संयन्त्रसमेत अस्तव्यस्त पार्ने खेलमा सरकार लिप्त देखिन्छ ।
यस्तो भयावह कष्टकर बन्दैगएको नेपाली जनजीवनलाई मुक्ति दिने र पुनःस्थापित गर्ने जिम्मेवारी महसुश गर्दै मधेसी मोर्चासँग वार्ता र संविधान संशोधनका माध्यमबाट स्थितिमा सहजता र सुधार ल्याउन नेपाली कांग्रेस कृयाशिल रह्यो र तराई–मधेसको भावना समेत समेटी संविधानको पहिलो संशोधन नेपाली कांग्रैसकै पहल कदमीमा सम्पन्न समेत भईसकेको छ । त्यसरी नै संविधानको यथार्थ जनतामा वोध गराउन प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम सहित अभियान लिएर देशैभरी हामी जनतामा गयौं । आज नेपालमा जुन संविधान जारी भएको छ, त्यसले अँगाल्दै आएको बहुलवादमा आधारित संसदीय लोकतन्त्र र समावेशीतामा आधारित प्रजातान्त्रिक समाजवादलाई सर्वस्वीकार्य बनाएर संस्थागत एवं चरितार्थ गर्ने संकल्प नेपाली कांग्रेसले वोकेको छ । यसमा नेपाली कांग्रेसका तमाम कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले गर्व गर्नुपर्छ । र अब आज देखा परेका चुनौती र यो संविधानले निर्दिष्ट गरेको परिवर्तन अनुरुप नीति र कार्यक्रम लिएर कांग्रेस अघि बढ्नु पर्दछ ।
हाम्रो प्रतिबद्धताः नयाँ संविधानले ल्याएको परिवर्तन ग्रहण गरौं, परिवर्तनलाई व्यवहारमा उतार्न कार्यान्वयको नेतृत्व गरौं ।
१ अब हाम्रो पार्टीले नेपाली समाज र नेपाल राष्ट्रलाई लोकतान्त्रिकरण गर्ने दिशामा समग्र शक्ति लगाउनेछ र नेपाली समाजमा दिगो शान्ति हासिल गर्न प्रयत्नशील रहेनछ ।
२ नेपाली कांग्रेस आफै आन्तरिक लोकतन्त्रलाई चरितार्थ गर्न कटिबद्ध रहने छ ।
३ नेपाली कांग्रेसको संगठनात्मक संरचना संघीयताको ढाँचामा रुपान्तरित हुनेछ ।
४ नेपाली कांग्रेसको संगठन, संस्कार, आचरण र चरित्र समावेशी सिद्धान्तमा आधारित रहनेछ ।
५ नेपाली कांग्रेसले प्रतिस्पर्धाको राजनीतिका साथै आरक्षणको आवश्यकतालाई पनि आत्मसात गरेर अघि बढ्नेछ ।
६ नेपाली कांग्रेसले मानवविकास र सामाजिक सुरक्षामा विशेष जोड दिने छ ।
७ अहिले सम्म आ–आफ्ना गाउँ घरमा वाटो विजुली पानी, शिक्षा, स्वास्थ्य,संचार आदि पूर्वाधार निर्माणमा लागेका हाम्रा कार्यक्रता अव देखि जनताको आमदानी र रोजगार वृद्धि हुने व्यवसायहरु स्थापना गराउन उत्पानदनशील कार्यमा पनि सकृय रहने छन् ।
८ नेपाली कांग्रेस समाजका निर्धानिमुखालाई न्याय र विपन्न जनतालाई आय दिलाउने दिशामा आफ्न