arrow

सन्दीप लामिछाने ‘हिरो अफ नेपाली क्रिकेट’, ४ खेल १७ विकेट

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
sandip.jpg

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले मलेसियामा भइरहेको टी–२० विश्वकप छनोटमा आकर्षक बलिङ गरिरहेका छन् । 

सन्दीपले ४ खेलमा १७ विकेट लिइसकेका छन् । म्यानमार विरुद्ध ४ विकेट लिएर यो श्रृंखलामा विकेटको खाता खोलेका सन्दीपले त्यसपछि मलेसिया र थाइल्याण्ड विरुद्ध ५–५ विकेट लिए । 

भुटान विरुद्ध ३ विकेट लिएर सन्दीपले ४ खेलमा १७ विकेट लिइसकेका छन् । भुटान विरुद्ध ४ ओभर फ्यालेका सन्दीपले २ मेडन राखेर ६ रन दिएर ३ विकेट लिएका हुन् । 

यो श्रृंखलामा नेपालले अझै सिंगापुर र कमजोर चीनसंग खेल्न बाँकी नै छ । 

व्यवसायिक क्रिकेट खेलेर करोडपति बनेका सन्दीप नेपालकै सबैभन्दा ठूला व्यवसायिक खेलाडी बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ