-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । युइएफए नेसन्स लिगमा बिहीबार राति ७ खेल भएका छन् । लिग ए ग्रुप थ्रीमा पोर्चुगलले पोल्याण्डलाई ३–२ ले हरायो ।
लिग बी को ग्रुप टु मा रुस र स्वीडेनले गोलरहित बराबरी खेले । खेल रुसमा भएको थियो ।
लिग सी ग्रुप आईमा इजरायलले स्कटल्याण्डलाई २–१ ले हरायो । लिग सी कै ग्रुप फोरमा रोमानियाले लिथुआनियालाई २–१ ले हरायो ।
सर्वियाले मोन्टेनेग्रोलाई २–० ले हरायो । लिग डीको ग्रुप थ्रीमा अजरबैजानले फारोइ आइल्याण्डलाई ३–० ले र कोसोभोले माल्टालाई ३–१ ले हरायो ।