arrow

अब विजुलीको ‘स्वीच’ पनि भारतकै हातमा !

logo
प्रकाशित २०७२ फागुन १० सोमबार
electicity--new.jpg.jpeg
काठमाडौं । अबको दुई वर्ष भित्र नेपाल पूर्ण लोडसेडिङ मुक्त हुन्छ,–‘प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्दै आएका छन् ।’ यस्तै, हावाबाट विद्युत उत्पादन गर्ने अभिव्यक्तिपछी झन चर्चामा आएका प्रधानमन्त्री ओलीले आफ्नो औपचारिक भारत भ्रमणका क्रममा पनि लोडसेडिङ मुक्त गर्ने उद्घोष मात्रै गरेनन् भारतबाटै विद्युत किन्ने निधो गरे । 
 
आत्मनिर्भरतालाई महत्वकांक्षा बनाएका प्रधानमन्त्री ओलीले भारतसंग विद्युत खरिदको सम्झौता गर्लान् भन्ने कल्पना कमैले गरेका थिए । तर, आउँदोे वर्षको जाडो अघि भारतबाट सरकारले ६ सय मेगावाट विद्युत भित्र्याउने पक्का भइसकेको छ । तत्काल ८० मेगावाट भनिएकामा ७६ मेगावाट विद्युत भारतले नेपाललाई उपलब्ध गराएकाे छ । जसले बहुप्रतिक्षित आयोजनाहरुलाई प्रत्यक्ष असर पर्नेछ । विद्युत आपूर्ति नियन्त्रण भारतकै हातमा हुनेछ ।
 
आत्मनिर्भरताकै नाराले लामो समय सम्म नेपाली नागरिकले खेपेको ६ महिने नाकाबन्दीको पीडा अझै सेलाएको छैन । यद्यपि, सरकारले लोडसेडिङ मुक्त गर्ने नाउँमा भारतसंग विद्युत खरिद गर्ने विभिन्न सहमति पत्रमा हस्ताक्षर गरेको छ ।  जसले आत्मनिर्भरताको नारालाई डढेलो लगाइदिएको छ । जानकारहरु भनन्दछन्, ‘घरेलु आयोजना निर्माणमा अब सरकार वा कुनै लगानीकर्ताले तदारुकता देखाउने छैनन्, सबै सुस्ताउने निश्चतप्रायः भएको छ, भारतले समेत आफुले चाहेको खण्डमा मात्रै आयोजना निर्माणमा तदारुकता देखाउने छ ।’ इन्धनको परनिर्भरतालाई कम गर्न घरेलु आयोजना बनाउन पहल गर्नु पर्नेमा वर्तमान ओली सरकारले ठिक उल्टो भारतबाटै विद्युत खरिद गर्ने निधो गरिसकेको छ । सरकारको बोली र व्यवहारले ‘मुखमा राम राम बगलीमा छुरा’ भन्ने उखानलाई चरितार्थ गरेको छ । 
 
लामो समय देखि जलविद्युत्को क्षेत्रमा कलम चलाउँदै आएका बरिष्ठ पत्रकार विकास थापा सरकारको लोडसेडिङ मुक्त योजना भारतकै विजुलीमा निर्भर रहेको बताए । थापाले भने, ‘भनाई एउटा गराई एउटा भा छ, यसलाई आत्मनिर्भरता भन्ने वा परनिर्भरता ?।’ देश भित्रकै आयोजना निर्माण र स्तरोन्नति गर्ने भन्ने अहिलेको सरकारको प्राथमिकतामा परे जस्तो लाग्दैन । 
 
विद्युत् विकास बोर्डका अनुसार हाल हाइड्रोतर्फ ४८ आयोजना संचालनमा छन् । ती सबै आयोजना मिलाएर कुल ७ सय ५८ दशमलव ९९ मेगावाट विद्युत उत्पालन भइरहेको छ । थर्मलतर्फ दुई आयोजना छन् । दुहवी र हेटौडामा डिजेल प्लान्टबाट ५३ दशमलव ४१ मेगावाट विद्युत उत्पादन भइरहेको छ । उत्पादित विद्युत औधोगिक क्षेत्रले उपयोग गरिरहेको छ । 
 
दुई हजार ३ सय ९७ दशमलव ९५ मेगावाट विद्युत उत्पादन गर्न एक सय आयोजनाहरु निर्माणाधिन छन् । ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली, बहुप्रतिक्षित पश्चेश्वर, पश्चिम सेती लगायतका ठूला परियोजनाका लगानी कर्ताले अनुमतिपत्र लिएर बसेका छन् । ढल्केबर–फुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाईनबाट तत्काल ८० मेगावाट विद्युत आयात हुने, आगामी जाडोयाम अघि नै उक्त लाइनबाट कम्तिमा दुई सय मेगावाट विद्युत आयात र रक्सौल–परवानीपुर प्रसारणलाइनबाट सय मेगावाट विद्युत आयात गर्ने विषयमा प्रधानमन्त्रीको भारत भ्रमण क्रममा छलफल र समझ्दारी भएको छ । सरकारको तयारीपछी उर्जासंग सम्बिन्धित निकायहरुको व्यस्तता बढेको छ । सोमबार पनि दिनभर उर्जामन्त्रालय, विद्युत प्राधिकरण एवं विभागका अधिकारीहरुको छलफलमा व्यस्त रहे ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ