arrow

बिरामी खसी बेच्ने जरिवानामा

logo
प्रकाशित २०७५ असोज २६ शुक्रबार
goat.jpeg

घोराही । घोराही उपमहानगरपालिकाले बिरामी खसी बेच्ने र काट्नेलाई शुक्रबार जरिवाना गरेको छ ।

उपमहानगरपालिका–१५ बिपी चोक नजीकैबाट बिहान बिरामी खसी बेच्ने शङ्कर चौधरी र काट्नका लागि खरिद गर्ने सस्लाम कुरैसीलाई जनही एक एक हजार जरिवाना गरिएको हो ।

उपमहानगरको बजार व्यवस्थापन कार्यविधि २०७४ बमोजिम चौधरी र कुरैसीलाई जरिवाना गरिएको जनाइएको छ । खसी बोक्ने टेम्पो चालक दलबहादुर विश्वकर्मालाई भने पहिलो पटक भन्दै सचेत गराइएको छ ।

उपमहानरगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगीको संयोजनमा वडा सदस्य, उद्योग वाणिज्य सङ्घ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी र टेम्पो व्यवसायीका प्रतिनिधिको छलफलबाट दुवै जनालाई जरिवाना गरिएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ