arrow

पोखरा प्रिमियर लिगमा ग्राण्डी अस्पताल स्वास्थ्य साझेदार

logo
प्रकाशित २०७५ असोज २९ सोमबार
PPL_Grande.jpg

काठमाडौं। पोखरामा हुन गैरहेको टि-२० क्रिकेट प्रतियोगीता पोखरा प्रिमीयर लिग (पिपिएल)को स्वास्थ्य साझेदार ग्राण्डी अस्पताल हुने भएको छ।  सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाईरेक्टर डा चक्रराज पाण्डेले हस्ताक्षर गर्नु भएको छ । 

सम्झौता अनुसार ग्रान्डीले पोखरा प्रिमियर लिगका लागि आवश्यक पर्ने डाक्टर, फिजियोथेरापिस्ट उपलब्ध गराउने छ । यस्तै अस्पतालले पिपिएलका खेल संचालन हुने मैदानमा चाहिने स्वास्थ्यकर्मीदेखि मेडिकल सामग्रीहरु उपलब्ध गराउने छ । 

सुन्दर पर्यटकीय नगर पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्र्न लागेको यहाँहरुलाई जानकारी नै छ ।  ६ टिमको सहभागिता हुने पिपिएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।

पिपिएलका लागि टिम घोषणा, मार्की खेलाडी घोषणा र खेलाडी अक्सन भइसकेको छ । पोखरालाई क्रिकेटको न्यूट्रल भेन्यू बनाउने र पोखराको पर्यटन विकासका लागि पोखरा प्रिमियर लिगले महत्वपूर्ण योगदान दिने हामीले विश्वास गरेका छौं । 

यसै सन्दर्भमा पिपिएलको मेडिकल पार्टनरको रुपमा ग्रान्डी इन्टरनेसनल अस्पतालसँग सम्झौता भएको छ ।
सम्झौतापछि अस्पतालका मेडिकल डाईरेक्टर डा पाण्डेले ग्रान्डीले विगत लामो समयदेखि घाइेत भएका खेलाडीको उपचार गर्दै आएको र पिपिएलसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए । क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक लामा क्रिकेट खेलाडीको उपचारमा ग्रान्डी अस्पतालले दिएको सेवा स्मरण गर्दै पिपिएलसँग सहकार्य गरेकोमा धन्यवाद दिए । 

नेपाली राष्ट्रि क्रिकेट टिमका कप्तान पारस खड्काले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा लामो समयदेखी राष्ट्रिय टिमका खेलाडिहरु पृथु बास्कोटा, अमृत भट्टराइ, ज्ञानेन्द्र मल्ल लगायतका खेलाडीहरुको सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएकोमा बधाइ पनि दिनुभयो । यस अस्पतालले खेलाडीहरुलाई सधैं प्राथमिकतामा राखेर उपचार गरेकोमा आभार व्यक्त गर्नुभयो र यसलाई आगामी दिनमा पनि निरन्तरात दिइरहनेछ भन्ने कुरामा आफु बिश्वस्त रहेको बताए
 । 
अन्त्यमा नेपाली क्रिकेटको विकास र विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको पिपिएलाई प्रत्यक्ष रुपमा सहयोग गर्नु भएकोमा ग्रान्डी इन्टरनेसनल अस्पताललाई धन्यवाद दिन चाहान्छौ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ