arrow

विश्व खाद्यान्न दिवस : २०२५ सम्म विश्वभर खाद्यान्न संकट हुने  

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ असोज ३० मंगलबार
world_food_day.JPG

काठमाडौं ।  विश्व खाद्यान्न दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अक्टोवर १६ का दिन विश्वभर खाद्यान्न संकट र भोकमरीविरुद्ध ऐक्यवद्ध भई विश्व खाद्यान्न दिवस मनाइन्छ । विश्व खाद्यान्न तथा कृषि संगठन एफएओका अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती खाद्यान्न संकट नै हो 

स्थानीय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशील विशेषतायूक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बीउ बिजन लोप हुँदै जानू अहिलेको खाद्यान्न व्यवस्थापनको चुनौती मानिएको छ । 

नेपालमा कूल जनसंख्याको ८० प्रतिशत भन्दा बढी कृषि कार्यमा संलग्न रहेको तथ्याङ्क छ । अझै पनि अधिकांश नेपालीहरु कृषि कर्मसंगै माटोमा संघर्ष गरेर आफ्ना जिवीका चलाँउछन् । अहिले ६० प्रतिशत भन्दा बढी नेपाली कृषि कार्यमा प्रत्यक्ष र परोक्ष रुपमा संलग्न रहेको तथ्याङ्क रहेको छ । 

एउटा तथ्याङ्क अनुसार सन् २०२५ सम्म विश्वमा खाद्यान्न अभाव भएर विकसित देशका ठूला–ठूला निगमहरु विकासोन्मुख देशका खाली जमिनमा कृषि गर्न लगानी गर्ने दाबी गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ