काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा तेस्रो हुने होड निकै रोचक बनेको छ । लिगको ९ चरणको खेलको समाप्तिसम्म म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । सिटीको २३ अंक छ ।
दोस्रो स्थानको लिभरपुलको पनि २३ अंक नै छ । तेस्रो स्थानको चेल्सी, चौथो स्थानको आर्सनल र पाँचौं स्थानको टोटनह्याम हट्सपरको समान २१–२१ अंक छ ।
सोमबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ ले हरायो । आर्सनल कप्तान मेसुट ओजिलले ४५ औं मिनेटमा बराबरी गोल गरे । उनले गोलमात्र होइन राम्रो कप्तानी पनि गरे ।
६३ औं मिनेटमा पेरी एम्रिेक औबामेले गोल गरेर २–१ को स्थितिमा ल्याए । औबामेले त्यसको ३ मिनेटमै अर्को गोल गरेर आर्सनललाई जिताए ।
यसअघि ३१ औं मिनेटमा हेक्टर बेलेरिनले आत्मघाती गोल गर्दा लेस्टरले अग्रता लिएको थियो ।