उद्योग वाणिज्य संघ महेन्द्रनगरको उम्मेदवारहरुको नामावली प्रकाशित
सुरेन्द्र सिंह,
प्रकाशित २०७५ कार्तिक ६ मंगलबार
142
Shares
जनकपुरधाम। क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगर धनुषा कार्यसमितिका लागी हुनगइरहेको निर्वाचनको लागी उम्मेदवारहरुको नामावली प्रकाशित गरिएको छ।
संघको गत अशिवन २२ गते सम्पन्न भएको सधारणसभा पछि सुरु भएको बन्द सत्रबाट विभिन्न पदको लागी सर्वसहमती हुन नसके पछि कार्तिक ९ गतेको लागी निर्वाचनबाट पदपुर्ती गर्ने निणर्य गरिएको थियो। त्यही निर्वाचनको लागी सोमवार २२ जनाले उम्मेदवारी दिएका छन। संघको पदपुर्ती गर्न ११ सिटको लागी २२ जनाले उम्मेदवारी दिएका छन।
क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित रहेको सघंको आफनै कर्यालयमा सोमवार अध्यक्ष पदको लागी राज कुमार महासेठ र सुरेश प्रसाद यादव ले उम्मेदवारी दिएका छन। त्यस्तै उपाध्यक्ष ललित साह र विनय कुमार साह, महासचिवमा सुनिल कुमार साह र दिपक प्रसाद साह, सचिव जगिलाल महतो र अजय कुमार महतो, कोषाध्यक्षमा विजय कुमार साह र विरेन्द्र प्रसाद साह सुडी उम्मेदवारी दिएका छन्।
त्यस्तै सदस्यमा ६ सिटको लागी २ जना महिला सहित १२ जना उम्मेदवारी दिएका छन। त्यस्तै उम्मेदवारहरुको प्रचार प्रसारको लागी कार्तिक ६ गते देखि ८ गते सम्म समय दिएका छन भने कार्तिक ९ गते विहान ८ वजे देखि बेलुकी ३ बजे सम्म चुनाव गराउने निर्वाचन समिती द्धारा निकालिएको सुचनामा उल्लेख गरिएका छन।