arrow

इन्डो नेपाल करातेमा भाग लिन नेपाली टोली प्रस्थान

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ कार्तिक ७ बुधबार
karate-nirpa-wod.jpg

धनगढी। भारतको उत्तराखण्डस्थित हल्द्वानीको नैनीतालमा आयोजना हुने ५औं इन्डो नेपाल कराते प्रतियोगीतामा सहभागी हुन नेपाली टोली बुधबार  प्रस्थान गरेको छ।

खेलाडी, अफिसियल सहितको नेपाली टोलीलाई एक समारोहका विच धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडले बुधबार  बिदाई गरे। विदाई कार्यक्रममा बोल्दै प्रमुख ओडले यस्ता प्रतियोगीताले यो क्षेत्र तथा देशको नाम अन्तराष्ट्रीय क्षेत्रमा चिनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने धारणा व्यक्त गरे। उनले भने राष्ट्रका लागि, स्वास्थका लागी मात्रै नभइ समाजका लागि पनि खेलकुदको भुमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

प्रतियोगीता यही अक्टोवर २५ र २६ तारिकमा भारतको उत्तराखण्डस्थित हल्दानीमा सञ्चालन हुनेछ । अल इण्डीया वादोकाइ कराते दो संघको आयोजनामा भइरहेको कराते प्रतियोगीतामा नेपालका तर्फबाट ३५ जना खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगीतामा सहभागी नेपाली टिमको नेतृत्व राष्ट्रीय गोजुरियो कराते दो संघका केन्द्रीय महासचिव प्रकाश कुमार चन्दले गरेका छन्। उनले उक्त प्रतीयोगीतामा प्रमुख रेफ्रीको भुमिका समेत निवार्ह गर्नेछन् ।

प्रत्येक वर्ष आयोजना हुने उक्त प्रतियोगीतामा नेपाल ३ पटक च्याम्पियन भइसकेको महासचिव चन्दले जानकारी दिए। विदाई कार्यक्रममा जिल्ला खेलकुद विकास समिती, कैलालीका कार्यालय प्रमुख टोप बहादुर विष्ट, राष्ट्रिय गोजुरियो कराते दो संघका केन्द्रीय कोषाध्यक्ष तथा राष्ट्रवादी विकाशशिल अभियान नेपाल, अन्तराष्ट्रिय विभाग प्रमुख सिहान नरेन्द्र ओली, राष्ट्रवादी विकाशशिल अभियान नेपाल, भारतका केन्द्रीय सचिव डा टेक प्रसाद चाड, केन्द्रीय सदस्य सत्यराज पाण्डे, धिरेन्द्र चौहान, सुरेन्द्र बोहरा, दिपेन्द्र अधिकारी, डबल बोहरा, सुमित श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ