arrow

' डाक्टरकैमा बसेका शुसिलको अस्पताल समेत नपुगी भएको मृत्यु कसरी स्वाभाविक?'

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
sushil-koirala.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य सूर्यमान गुरुङले काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको मृत्युको छानविनका लागि सरकार र पार्टीका तर्फबाट छुट्टाछुट्टै आयोग बनाउनुपर्ने माग गरेका छन्। नेपाली काँग्रेसको मंगलवार बसेको केन्द्रीय समितिको वैठकमा आफ्ना धारणा राख्दै काँग्रेस नेता गुरुङले पार्टी सभापति तथा प्रमुख प्रतिपक्ष दलका नेता कोइरालाको मृत्यु स्वभाविक लाग्दै नलाग्ने अवस्थामा पनि त्यसमा पर्दा हाल्ने काम भइरहेको बताए। उनले भने 'कोइरालाको अस्वाधाविक मृत्युलाई स्वाभाविक बनाउन खोजियो।' 
 
कोइरालाको मृत्यु रहस्यमय रहेको दावी गरे। उनले भने 'लाइफ सपोर्टीङ मेसिन लगाएर पनि बचाउन सकिन्थ्यो। चक्र वास्तोलालाई पनि बचाइएकै छ। मनमोहन अधिकारीलाई पनि बचाइएको थियो। कोइरालालाई किन बचाउने प्रयास गरिएन?'
 
'देशकै त्यत्रो ठूलो नेता शुसिलजीलाई किन यस्तो हेलचेक्रयाइ गरियो', केन्द्रीय समितिमा गुरुङले प्रश्न गर्दै भने 'देशकै विपक्षी दलको नेतालाई पार्टी र राज्यले नहेरि दिवंगत हुनुभयो भनेर घोषणा गर्न मिल्थ्यो?' 
 
डाक्टरको घरमा बसेर नीजि चिकित्सकको पनि सुविधा लिएका पार्टी सभापति कोइरालाको अचानक निमोनियाले निधन भयो भनेर कसरी पत्याउनु गुरुङको भनाइ छ। यो पत्याउन नसकिने अवस्थालाई चिर्न पनि पार्टी भित्रै र राज्यले पनि कोइरालाको निधनका बारेमा बुझ्न आयोग बनाएर छानविन गर्नुपर्ने माग गरे। प्रधानमन्त्री भइसकेको नेता मर्दाखेरी चासो नराखिएबाटै घटनाको विश्वसनियतामाथि प्रश्न उठेको उनले बताए। उनले घटनामा सम्वन्धित पक्षसँग विश्वास नभएपनि विश्वास हुने बावावरण बनाउन माग गरेर।
 
डाक्टरको घरमा बसेर नीजि चिकित्सकको पनि सुविधा लिएका पार्टी सभापति कोइरालाको अचानक निमोनियाले निधन भयो भनेर कसरी पत्याउनु गुरुङको भनाइ छ। 
 
डाक्टरले पनि राम्रोसँग भन्न सकेका छैनन कोइरालालाई के भएको भनेर। वरिपरि अस्पतालहरुले घेरिएको ठाउँमै डाक्टर शशांककै घरमा बसेका शुसिल कोइराला  विरामी अवस्थामा थिए भने पनि अस्पतालसम्म नहेरि मृत्युको मुखमा पुग्नु भन्दा ठूलो लापर्वाही के हुनसक्छ? गुरुङको प्रश्न थियो।
 
सूर्यमान गुरुङले किन त्यसो भने?
ताप्लेजुङमा जिल्ला अधिवेशनको मतगणना हुँदै थियो। २५ गते मेरा मित्र शुसिल कोइरालासँग फोनमा भएपनि लामै छलफल गरे। मसँगै भएका एकजना क्षेत्रीय सभापति राम बहादुर कम्लिवाले पनि सभापति शुसिलजीसँग कुरा गरे। हामी कफी खाएर बस्यौ। कोइरालामा कुनै रोगको विरामी भएको गम्भिर लक्षण थिएन। मतदानपछि गतमणना काम हुँदै गर्दा म घरतिर लागे। तर फोनबाट गतिविधी बुझिरहेको थिए। राती गणना भइरहेको थियो। सभापतिमा लीला वोखिमले एकैपटकमा जितेको चुनावको मतगणना पनि तुरुन्तै हुँदै थियो। मतगणनाकै बीचमा अमेरिकामा रहेकी छोरी रेखाले २ बजे अमेरिकाबाट फोन गरिन। उसले अमेरिकाबाट शुसिल कोइराला मृत्युको खवर सुनाई। मत तीन छक्क परे। साथीहरुलाई त्यसपछि सम्पर्क गरे। सबैको मोवाइल स्वीच अफ। सिडिओलाई फोन गरें। उनले फोन उठाए। उनलाई गाडीको लागि भने। हतार हतार हिडेर झापाबाट प्लेनमा आएर दाहसंस्कार भेट्टाए। 
 
कोइरालाको यस्तो नाजुक अवस्था थियो भनेर कतै चुइक्क सम्म थिएन। तर राती अचानक कसरी कोइराला दिवंगत भए भनेर कसरी हल्ला धेरै भयो त? म यो मृत्युलाई स्वाभाविक भन्न पनि सक्दिन। अनी हाम्रो सभापतिको यस्तो अस्वाभाविक मृत्युको छानविन हुनुपर्ने होकी हैन? फोनमा उनिसँग कुरा गर्दा केहि भनक पाइन राती एक्कासी मेरको भनेर पत्याउनै सकिन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ