arrow

पीपीएल क्रिकेट: सन्दीपको  टोलीमाथि पोखरा पल्टनको फराकिलो जित

logo
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
ppl.jpg

काठमाडौं । पोखरामा शुक्रबारदेखि सुरु भएको पोखरा प्रिमियर लिगको पहिलो खेलमा शरद भेषवाकरको पोखरा पल्टनले विराटनगर टाइटनमाथि ५८ रनको जित हासिल गरेको छ । 

पोखरा पल्टनले जितका लागि विराटनगर टाइटनलाई १९८ रनको लक्ष्य दिएको थियो तर लक्ष्य पछ्याएको विराटनगर टाइटनले निर्धारित २० ओभरमा १३९ रन मात्र बनाउन सक्यो । 

यसअघि टस हारेर ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । आरिफ शेखले ५२ रनको अर्धशतकीय पाली खेले भने रवि इन्द्र सिंहले ४४ रन बनाए । 

साथै विनोद भण्डारीले अविजित ४१ रन बनाउँदा कुशल भुर्तेलले ३८ रनको योगदान दिएका थिए । बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले २ तथा सहाद आलमले १ विकेट लिएका थिए । 

जवाफी ब्याटिङमा आएको विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३० बनाए पनि हार टार्न भने सकेनन् । बलिङतर्फ पोखराका ललित राजवंशीले ३ विकेट लिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ