श्रीलङ्काको राष्ट्रपतिको दल सत्तारूढ गठबन्धनबाट बाहिरियो
एएफपी,
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
526
Shares
कोलम्बो, श्रीलङ्का। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट बाहिरिएको छ। शुक्रबार श्रीलङ्काका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले भने, ”राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए)ले गठबन्धन छोड्ने निर्णय भएको छ। यससँगै वर्तमान् सरकारको भविष्यमाथि पनि गम्भीर शङ्का उब्जिएको छ।“
यद्यपि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र उनको कार्यालयले सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट हटेपछि तत्काल कुनै प्रतिक्रिया जनाएका छैनन्।