इजरायली प्रधानमन्त्री २२ वर्ष पछि अचानक ओमन भ्रमणमा
एपी,
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
665
Shares
जेरूसेलम। इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले आफ्नो कुटनीतिक सम्बन्ध नै नरहेको मुलुक ओमनको अनपेक्षित तथा दुर्लभ भ्रमण गरेका छन्। नेतन्याहु ओमनी सुल्तान काबुन विन सैयदको निमन्त्रणामा ओमनको भ्रमण गरेका हुन्।
प्रधानमन्त्री नेतन्याहुले ओमनमा रहँदा ओमनी नेता सुलतान काबुजसँग भेटेको इजरायली प्रधानमन्त्रीको कार्यालयले शुक्रबार जानकारी गराएको छ।
भ्रमणका क्रममा दुई नेताबीच मध्यपूर्वको शान्ति प्रक्रियालाई अघि बढाउने तथा दुई मुलुकबीचको आपसी चासोका बिषयमा छलफल भएको इजरायलले जनाएको छ।
सन् १९९६ पछि इजरायली प्रधानमन्त्रीका रूपमा ओमन भ्रमण गर्ने नेता नेतन्याहु पहिलो उच्च अधिकारी भएको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।