arrow

अरिङ्गालले टोकेका ३ बिरामीलाई कांग्रेस नेताले गरे हेलिकोप्टरबाट उद्धार

logo
वद्री नयाँघरे,
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
Heli.jpg

रामेछाप । अरिङ्गालले टोकेर घाइते भएका तीन जना बिरामीलाई  नेपाली कांग्रेसका नेता तथा  रामेछाप जिल्लाबाट गत प्रतिनिधिसभा सदस्यका उम्मेद्धार पुर्ण बहादुर तामाङ कान्छारामले  हेलिकोप्टरबाट उद्धार गरेका छन् ।

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका ४  प्रिति बस्ने एकै घरका तीन जनालाई आइतबार बिहान घर नजिकै अरिङ्गालले टोकेको थियो । घर नजिकै वारीमा घाँस काट्न थालेकी सासु वुहारी र नातिनी अरिङ्गालको टोकाईवाट  घाइते भएका उनिहरुलाई नेता तामाङले आजै प्रभु एरलाइन्स्को हेलिकोप्टरबाट उद्धार गरेका हुन् ।
 
अरिङ्गालको टोकाइबाट सासु, बुहारी र नातिनी घाइते भएको जानकारी प्राप्त भए पछि नेता कान्छाराम आफै हेलिकोप्टरर लिएर तत्काल घटना स्थलमै पुगेका थिए । तीनै जनालई उपचारको लागि काठमाण्डौको केएमसी अस्पतालमा भर्ना गरिएको छ।
 
घाईते हुनेमा ५० बर्षिया सासु जित माया कार्की, २६ बर्षिय बुहारी कमला कार्की र ७ बर्षिया नातिनी जेडिषा कार्की रहेका छन् । उनिहरु मध्ये बारीमा काम गर्दै गरेकी सासु जित मायालाई घर नजिकै रुखमा रहेको अरिङ्गालको गोलो खनिएर टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट सासु चिच्याएको थाहा पाएपछि बुहारी कमला र नातिनी जेडिषा तत्काल घटना स्थलमा पुगेको र उनिहरुलाई पनि अरिङ्गालले टोकेको थियो ।
 
अरिङ्गालको टोकाइबाट घाइते भएका तीन जनामध्ये सासु तथा बुहारको अवस्था चिन्ताजन रहेको र नातिनी जेडिषाको अवस्था सामन्य रहेको इलाका प्रहरी कार्यालय प्रितिका प्रहरी सायहक नीरिक्षक प्रेम कुमार मिश्रले जानकारी दिए ।

हाल सम्म कुनै पनि सार्वजनिक पदमा नपुगेका नेता तामाङले अफ्टेरोमा परेका दुर्गम गाउँका सुत्केरी, असहाय र विभिन्न दुर्घटनामा परेर गम्भिर घाइते भएको सर्वसाधारणलाई यस अघि पनि पटक पटक हेलिकोप्टरर मार्फत उद्धार गरी उपचारमा सहयोग पुर्‍याउँदै आएका उनका स्वोकिय सचिब सुरेस सुवेदीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ