arrow

ब्रेण्डन मकलमको अन्तिम टेष्टमा अष्ट्रेलिया बिजयी

५४ बलमा शतक र लगातार १०१ टेष्ट खेल्ने रेकर्डका साथ मकलम बिदा

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
brendon_mcCllum1.jpg.jpeg
काठमाडौं। न्युजिलयाण्डका स्टार क्रिकेटर ब्रेण्डन मकलमको अन्तिम टेष्टमा अष्ट्रेलिया ७ विकेटले बिजयी भएको छ। यो जीतसँगै अष्ट्रेलियाले २ खेलको श्रृखंला २-०ले जितेको छ। 
 
आफ्नो अन्तिम टेष्ट खेलिरहेका मकलमले पहिलो ईनिङमा टेष्ट क्रिकेटमा सबै भन्दा छिटो शतक बनाएका थिए। उनले ५४ बलमा शतक प्रहार गरेका थिए। तीस बर्ष अघि विवियन रिचर्ड्सको नाममा रहेको ५६ बलको रेकर्ड मकलमले भमग गरेका हुन्। 
 
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले आफ्नो पहिलो पारीमा ३७० रन बनाएको थियो । न्युजिल्याण्डकालागि आफ्नो अन्तिम टेष्ट खेलिरहेका मकलमले ७९ बलमा १४५ रन बनाएका थिए। त्यसैगरि कोरी एण्डर्सनले ७२ र बिजे वाटलिङले ५८ रन बनाएका थिए। अष्ट्रेलियाका नाथान लियोनले ३ विकेट हात पारेका थिए। 
 
जवाफमा आफ्नो पहिलो पारीमा ब्याटिङ गर्न ओर्लेको अष्ट्रेलियाले ५०५ रन बनाएको थियो। प्रारम्भिक ब्याट्सम्यान जो बर्न्सले १७० रन बनाएका थिए भने  कप्तान स्टेभन स्मिथ १३८ रनको योगदान दिएका थिए। न्युजिल्याण्डका निल वाग्नरले ६ विकेट लिएका थिए। 
 
दोस्रो पारीमा केन विलियम्सनको ९७ रनको मदतले न्युजिल्याण्डले ३३५ रन जोड्न सफल भएको थियो। तल्लोक्रममा ब्याटिङ गर्न आएका म्याट हेनरीले ६६ रन बनाएका थिए। अष्ट्रेलियाका ज्याक्सन बर्डले ५ विकेट लिएका थिए भने जेम्स प्याटिन्सनले ४ विकेट लिएका थिए। 
 
जीतकालागि २०१ रनको लक्ष्य पाएो अष्ट्रेलियाले पाँचौं दिन जो बर्न्स (६५) र कप्तान स्टिभ स्मिथको (५३*) रनको मदतले ७ विकेट गुमाउँदै खेल आफ्नो पक्षमा पारेका थिए। 
 
यो टेष्ट श्रृखंला न्युजिल्याण्डका क्रिकेटर ब्रेण्डन मकलमको अन्तिम श्रृखंला हुँदा उनले रेकर्ड पनि बनाएका छन्। थोरै बलमा शतक प्रहार गर्ने एउटा रेकर्ड हुँदै गर्दा अर्को रेकर्ड पनि रहेको छ। पहिलो टेष्ट देखि लगातार १०१औं टेष्ट खेल्ने उनी विश्वका एक मात्र खेलाडी हुन्।  
 
यो टेष्टका प्लेयर अफ दि म्याच अष्ट्रेलियाका जो बर्न्स घोषित भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ