मन्त्री अर्जुना रनातुङ्गाको कार्यालयमा राष्ट्रपति पक्षधरको हातपात, एकको मृत्यु
एएफपी,
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
297
Shares
कोलोम्बो। श्रीलङ्कामा देखिएको राजनीतिक अन्यौलकाबीच भएका प्रदर्शनमा आइतबार एक जनाको मृत्यु भएको छ। पेट्रोल मन्त्री अर्जुना रनातुङ्गाको कार्यालयमा राष्ट्रपति पक्षधर समूह पुगी हातपात गर्नखोजेपछि मन्त्रीका गार्डले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र दुई जना अन्य व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।
मिलीमा चलेको गोली लागी घाइते भएका ३४ बर्षीय युवकलाई कोलोम्बो नेशनल अस्पतालमा भर्ना गरी उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालकी प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताए।
राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि देखिएको राजनीतिक अन्यौलबीच अन्य कतिपय स्थानमा झडपको स्थिति देखिएको भएपनि कोही हताहत भएको खबर भने छैन।