लेस्टर सिटीका अर्बपति मालिकको हेलिकप्टर दुर्घटनामा मृत्यु
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
399
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग क्लव लेस्टर सिटीको अर्बपति मालिक भिचाइ श्रीवादानप्रभाको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएको छ ।
दुर्घटनामा ६० वर्षीय भिचाइसहित पाँच जनाको मृत्यु भएको हो । शनिबार राति लेस्टर सिटीको खेलपछि उनीहरु सवार हेलिकप्टर लेस्टरको रंगशाला बाहिर उडान लिनासाथै विष्फोट भएको थियो ।
हेलिकप्टरमा पाइलट, को पाइलटसंगै दुई जना यात्रु पनि थिए ।
लेस्टरले सन् २०१६ को लिग जितेको थियो । यो दुर्घटनापछि लेस्टरको मंगलबार हुँदै गरेको साउथह्याम्पटन विरुद्धको खेल रद्द भएको छ ।
हजारौं समर्थकहरु आइतबार उपस्थित भएर थाइ व्यवसायी भिचाइलाई श्रद्धाञ्जली दिएका थिए ।