नेपाल-भारत आवागमन र व्यापार प्रबर्द्धन सहज बनाइनु पर्ने सरोकारवालाको निष्कर्ष
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
611
Shares
पुनर्वास । नेपाल-भारत आवागमन सहज र व्यापार प्रबर्द्धनमा सुरक्षित बाताबरण बनाउन सीमा क्षेत्रमा हेल्प डेक्स स्थापना गरिनु पर्ने बुधबार पुनर्वासमा आयोजित कार्यक्रममा दुई देशिय सहभागीहरुले बताएका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले भारतीय नागरिकलाई पनि नेपाल आउन सहज र सुरक्षीत बनाउनु पर्ने, आवागमनका साथै व्यापार प्रबर्ध्दनका लागि पहल गरिनुपर्ने, भन्सार स्थापनाका लागि स्थानीय निकायले पहल गरिदिनु पर्ने र सिमा नाकामा हेल्प डेस्क राखिनु पर्ने बताएका थिए।
ए डब्ल्यु ओ , निड्स नेपाल, र पुनर्वास नगरपालिकाको सहकार्यमा बुधबार पुनर्वासमा अन्तरदेशिय आवागमन तथा मानव बेचबिखन सवाल सम्बन्धी एक दिने समन्वय तथा मैत्री बैठक सम्पन्न गरिएको छ ।
पुनर्वास नगरपालिकाको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धीजिवी, सरोकारवाला संस्थाका प्रतिनिधि, भारतीय सुरक्षा निकायका प्रतिनिधि तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको थियो।
भारतका तर्फबाट कृष्ण नगर ग्राम प्रधान जीत कुमार, ग्राम प्रधान बसहीका शैलेस कुमार तथा भारतीय पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री संघका उपाध्यक्ष तथा पुनर्वास उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङले कुटनितिक तरिकाले नेपाल भारत सिमामा हुने अपराधिक कृयाकलाप तथा नेपाली माथी हुने दुर्ब्यबहार रोक्न यथा शिघ्र प्रक्रिया चालिनु पर्नेमा जोड दिएका थिए।
त्यसैगरि स्थानीयले मात्र सिमा क्षेत्रमा मानव बेचबिखन रोकथाम गर्न नसकिने हुनाले सबै पक्षबाट सहयोग हुनु पर्ने समाजसेवी सुकमाया मोक्तानले बताईन।
दैनिक उपभोग्य सामान लगायत लत्ता कपडा, जस्ता सामान लिन नेपालीहरू भारतीय बजारमा जाँदा भारतीय सुरक्षाकर्मीबाट दुर्व्यवहार सहनु पर्ने बाध्यता भएकाले यसको तत्काल रोकथाम हुनु पर्नेमा समेत जोड दिएकी थिईन।