arrow

नेपाली आकाशमा ५३ विमान दुर्घटना, ७ सय ८२ को मृत्यु (२००३ देखि २०७२ सम्म)

सबै भन्दा बढी मृत्यु भएको विमान दुर्घटना (भट्टेडाँडा)

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
plane-crash-faile-pic.jpg.jpeg
काठमाडौं । नेपाली आकाश भौगोलिक कठिनाई र मौसमी विविधताले असुरक्षित मानिदै आएको छ । यद्यपि, हाल सम्म भएका हवाई दुर्घटना के कारणले हुन्छन् भन्ने यकिन प्रतिवेदन तयार हुन सकेको छैन । हरेक दुर्घटना पश्चात छानविन समिति बन्ने गरेका छन् । यद्यपि, दुर्घटनाको कारणबारे यकिन विवरण अझै प्राप्त हुन सकेका छैनन् ।
 
आज भन्दा ३७ वर्ष अघि दुर्घटना भएको नेपाल आर्मीको हेलिकोप्टरबारे हाल सम्म कुनै जानकारी छैन । नासाका विज्ञहरु राडार र इन्जिन समस्याका कारण विमान दुर्घटना हुने सम्भावनालाई १० प्रतिशत मात्रै मान्दछन् । त्यसलाई पनि विभिन्न भागमा वर्गिकरण गर्दै उनीहरुले ३ प्रतिशतमा झारेका छन् । ९० प्रतिशत मानवीय त्रुटी नै हो । उनीहरुले हाल सम्म भएका ठूला दुर्घटना र बढीजसो दुर्घटना मानवीय त्रुटिकै कारण भएको निष्कर्ष निकालेका छन् । विज्ञहरुका अनुसार ‘कि कुनै नियोजित योजनाले विमान खसेका छन्, कि आपसी समन्वय र लापर्वाहीकै कारण विमान दुर्घटनाको सिकार भएका छन् ।’  
 
फ्लाइट सेफ्टी फाउन्डेसनका अनुसार हाल सम्म नेपाली आकाशमा हेलिकोप्टर बाहेक ५३ वटा विमान दुर्घटना भएका छन् । ती अन्तर्राष्ट्रिय र आन्तरिक उडान दुबै तर्फका दुर्घटना हुन् । हाल सम्म भएका विमान दुर्घटनामा ७ सय ८२ जनाको मृत्यु भइसकेको छ । नेपाली आकाशमा विमान दुर्घटनाको सुरुवात विक्रम सम्वत् २००३ सालमा भयो । २००३ वैशाख २५ गते सिमरामा विमान पहिलो दुर्घटना भयो । दुर्घटना ग्रस्त विमान Douglas Dakota III (DC-3) थियो । 
 
यद्यपि, उक्त दुर्घटनामा मानविय क्षति भने भएन । सिमरामै २०१२ साल भाद्र १४ गते भएको दुर्घटनामा दुई जनाको मृत्यु भयो । कालिङ्गा एयरलाइन्सको Douglas C-47A (DC-3) विमान दुर्घटना मानविय क्षति भएको पहिलो घटना थियो । हाल सम्म भएका १७ विमान दुर्घटनामा भने मानवीय क्षति भएको विवरण छैन । 
 
सबै भन्दा बढी मृत्यु भएको विमान दुर्घटना (भट्टेडाँडा)
हाल सम्म नेपाली आकाशमा भएका हवाई दुर्घटना मध्ये सबै भन्दा बढी मानवीय क्षति भएको दुर्घटना ललितपुरको भट्टेडाँडा दुर्घटना हो । जसमा एक सय ६७ जनाको मृत्यु भएको थियो । यो नेपालमा भएका अन्तर्राष्ट्रिय विमान दुर्घटना मध्ये बढी मानवीय क्षति भएको घटना हो । पाकिस्तानी एयरलाइन्सको Airbus A300B4-203 विमान दुर्घटनाले पशुपति आर्यघाटमा शव दहन गर्ने स्थान अभाव भएको थियो । आन्तरिकतर्फ हाल सम्म सबै भन्दा बढी मानवीय क्षति भएको विमान दुर्घटना २०२६ असार २८ गते भएको दुर्घटना रहेको छ । तत्कालिन शाही नेपाल एयसलाइन्सको Douglas DC-3D विमान हेटौडामा दुर्घटनाग्रस्त भएको थियो ।  
 
सोलीघोप्टे दुर्घटना र तारा एयरको ९ एन–एएचएच
विमान दुर्घटनाकै सन्दर्भमा वुधबार बिहान म्याग्दीको दाना गाविस सोलीघोप्टे भीर नजिकै तारा एयरको ९ एन–एएचएच विमान दुर्घटना भयो । जसमा सवार २३ जना सबैको मृत्यु भयो । विमान किनेको पाँच महिना मात्रै भएको थियो । क्यानाडाको कलगरीबाट असोज १ गते उडेको जहाँज १० वटा एयरपोर्ट हुँदै ६० घण्टाको उडानपछी असोज ९ मा मात्रै त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । पोखराबाट जोमसोमका लागि उडान भर्ने बरिष्ठ पाइलट रोशन मानन्धर र क्यानेडियन पाइलट स्टेफन क्यानडीले क्यानाडाबाट विमान उडाएरै ल्याएका थिए । 
क्यानाडाको भाइकिङ एयर लिमिटेडले जहाँज बनाएको थियो । सन् २००५ अघि ट्वीनअटर जहाज क्यानडाकै डि हेभील्यान्ड कम्पनीले निर्माण गर्ने गर्दथ्यो । 
 
तारा एयरका म्यानेजर एवं प्रवक्ता भीमराज राईले दुर्घटना ग्रस्त तारा एयरको विमान अत्याधुनिक थियो भनेका छन् । उनले भने, ‘सन २००८ यता भाइकिङले ट्वीनअटर ४०० सिरिज नाम दिई फेरी जहाज उत्पादन गर्दै आएको छ । यो जहाज पनि ४०० सिरिजकै हो । उक्त जहाँज ३०० सिरिजको दाँजोमा निकै एडभान्स र उच्च प्रविधि जडित मानिएको थियो । डिजिटल ककपिट् रहेको सो विमानमा चार वटा डिस्प्ले मोनिटर थियो । तीनवटाले काम नगरेका खण्डमा पनि एउटैले मात्रै काम गर्न सक्ने बरिष्ठ पाइलट मानन्धरले क्यानाडाबाट विमान त्रिभुवन विमानस्थलमा आपुग्दा भनेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ