arrow

जुन समाचारले विश्वनै त्रसित बनायाे : ‘चीनमा गैंडाको खाग र बाघको हड्डीबाट औषधि बनाउन खुल्ला’

नेपालका जानकार भन्छन्– ‘हामीले आफ्नो थैलो राम्ररी बाँध्नु पर्छ’

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
Tiger_and_rhino.jpg

काठमाडौं । न्यूयोर्क टाइम्सले चीनको स्टेट काउन्सिल (मन्त्रिपरिषद)ले जारी गरेको एउटा नीतिको प्रसंगलाई समाचार बनाएर विश्वलाई नै त्रसित बनाइदिएको छ । विश्वभर पछिल्लो समय वातावरणको मुद्दा निकै उठिरहेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार, ‘चीनले गैंडाको खाग र बाघको हड्डीको आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ । २५ वर्षअघि आफैले गलाएको प्रतिबन्ध हटाएको खबरले विश्वलाई त्रसित बनाएको छ । त्रासको विषय हो, ‘चीनले गैंडा र बाघको अंगहरुबाट औषधि बनाउन खुला गर्ने नीति जारी गर्नु । गैँडा र बाघका अंग औषधीजन्य उत्पादनमा प्रयोग गर्न चीन सरकारले खुल्ला गरेको कुरा न्यूयोर्क टाइम्सले लेखेको छ । 

यो सन्दर्भमा वातावरणवादीहरूको हवाला दिएर चीनको यो निर्णय ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि’ (साइटिस) कै विरुद्ध रहेको उल्लेख गरिएको छ । चीन साइटिस असोसियट राष्ट्र हो  । चीनले नै यस्तो नीति जारी गर्न सक्ने सन्दर्भमा साइटिस जानकारहरु भने विश्वस्त हुन सकेका छैनन् । यो निर्णय गएको सोमबार भएको बताइएको छ । 

चीनको स्टेट काउन्सिल (मन्त्रिपरिषद्)ले जारी गरेको नीतिमा ‘चिकित्सा अनुसन्धान वा उपचारका लागि गैंडा र बाघका हड्डीहरूको उपयोगलाई वैध बनाइएको छ । तर, यो अस्पताल र चिकित्सकहरूबाट प्रमाणित गरिएपछि मात्र प्रयोगमा ल्याउन पाइनेछ’ भनिएकाे छ । विज्ञहरु चीनले बाघ पर्याप्त पालेको भएपनि गैंडा नभएको बताउँछन् । केही समय अघि मात्रै दुर्लभ एकसिंगे गैंडाको दुई जोडी नेपालले दिएको छ । नेपालले दिएको गैंडाबाट कुनै पनि प्रकारको गर्भाधान गर्न नपाउने भनेर चीनले सझौता नै गरेको छ । 

चिनियाँ मन्त्रिपरिषदले जारी गरेको भनिएको नीतिमा चिडियाखानामा राखिएका गैंडा र बाघको सन्दर्भमा उक्त नीति वा निर्देशन लागू नहुने उल्लेख रहेको बताइन्छ । चिनियाँ परम्परागत औषधी बनाउन वन्यजन्तुका अंगहरूको प्रयोग हुने गरेको छ । ती औषधी मानवको रोग प्रतिरोधात्मक क्षमता बढाउन उपयोगी हुने विश्वास गर्छन चिनियाँहरु ।

यो उपचार पद्धति निकै लाभदायक रहेको बताइन्छ । यद्यपि, अहिलेसम्म मानव स्वास्थ्यका लागि यो लाभदायक छ वा छैन भन्ने असरदार प्रमाण पेश गरिएको छैन । उसो त, नेपालका कतिपय ठाउँमा जातिगत परम्पराको निरन्तरता स्वरुप वन्यजन्तुको सिकार गर्ने र अंग प्रयोग गर्ने गरिन्छ । 

यद्यपि, नेपालले भने मारिएका वन्यजन्तुका अंगहरुको कुनै मूल्य नहुने अर्थात् भ्यालू शून्य हुने भन्दै गएको वर्षमात्रै थुप्रोका थुप्रो आँखेटोपाहरहरु जलाएको थियो । चीनले गरेको निर्णयबाट वातावरणविदहरु डराएका छन् । उनीहरुले यदि चीनले त्यो निर्णय गरेकै हो भने गैंडा र बाघका अंगको कालोबजारी मौलाउने खतरा रहन्छ । अहिले संसारभर करिब ३० हजार गैंडा र ३९ सय बाघ रहेको बताइन्छ । चीनको निर्णयले तिनको चोरी शिकारी बढ्ने खतरा औंल्याइएको छ । 

चीनको यो सरकारी निर्णयबाट जलवायु परिवर्तन र वायु प्रदुषणको विश्वव्यापी मुद्दामा चीनको छवि सुधार्ने राष्ट्रपति सी जिनपिङको प्रयासमा पनि धक्का लागेको छ बताइँदै छ । सन् २०१६ मा अमेरिकासँगै चीनले हात्तीको दाँतको व्यापारमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । सन् २०१८ को शुरुवाती चरणमा चीनले यसमा घरेलु प्रतिबन्धलाई अझ प्रभावी बनाएको थियो, जसका कारण अफ्रिकी हात्तीहरूको चोरी शिकारीमा उल्लेख्य सुधार आएको बतान्छ । 

संसारभर गैंडाको संख्या उकालो लागेको छ भने बाघको संख्या स्थिर छ । नेपालमा बाघको संख्या केही बढेको छ । यो प्रगतिमा चिनियाँ निर्णयले गम्भीर धक्का लाग्ने आँकलन संरक्षणकर्मीहरुको छ । जानकारहरु चिनियाँ निर्णय परम्परागत औषधीको विकासलाई प्रोत्साहित गर्ने हिसाबबाट आएको हुनसक्ने बताइरहेका छन् । चीनमा त्यसका पाँच लाखभन्दा बढी स्वास्थ्यकर्मी र एक सय अर्ब डलरभन्दा बढी लगानीका उद्योग सञ्चालनमा छन् ।

परम्परागत चिनियाँ औषधीका अगुवाहरूले गैंडा र बाघको हड्डी प्रयोग घटाउँदै लगेको भनिरहेकै बेला यो निर्णय आउनु निकै कन्ट्रोभर्सि कुरा हो, भन्छन् नेपालका वन्यजन्तुविज्ञहरु । एकजना वन्यजन्तुविज्ञले भने, ‘यो विषय के हो भनेर हामीकहाँ आधिकारिक रुपमा कुनै जानकारी छैन । सुन्न चैँ सुनेकै हो । यो विषयमा चासो राख्ने केही पत्रकारले सोधे पनि । तर, हामी के भन्न सक्छौँ भने । यो निकै गम्भीर विषय हो । जसरी यो अहिले निकै कन्ट्रोभर्सि भएर आएको छ । सायद यसको आधिकारिकता चाँडै थाहा हुनेछ ।’

गैंडाको खाग ज्वरो, विषाक्त खाद्यान्नका कारण हुने बिमारीलगायतको उपचारमा प्रयोग हुने गरेको बताइन्छ । बाघको हड्डी वाइन बनाउन पनि प्रयोग हुने गरेको छ । रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि र केही बिमारीहरूको उपचारका लागि आवश्यक औषधी बनाउन बाघको हड्डी प्रयोग हुन्छ । बाघको हड्डीले पुरुषहरूको प्रजनन क्षमता बढ्ने विश्वास पनि गर्दछन्, औषधिका जानकारहरु । 

लोपोन्मुख वन्यजन्तुका अंगलाई चिनियाँ औषधीमा धैरै प्रयोग गरिँदैन । तर, मौलिक औषधीलाई लाभदायक र ठूलो बजार रहेका वस्तुका रूपमा हेर्ने गरिएको छ । त्यसैको विस्तारका लागि अहिलेको कुरा आएको बताइएको छ । 

चीनका राष्ट्रपति सीले चिनियाँ औषधीलाई आफ्नो मुलुकको विश्वव्यापी प्रभाव बढाउन उपयोग गर्ने नीति लिएका छन् । खासगरी, नेपाल र जिम्बाब्बे जस्ता मुलुकमा यसबाट प्रभाव बढाउन सकिने चिनियाँ सरकारको मनसाय छ । चिनियाँ सरकारले पश्चिमा मुलुकबाट विस्तार भएका थेरापीको तुलनामा चिनियाँ औषधीमा विश्वव्यापी स्वीकार्यता रहने दृढता लिएको देखिन्छ ।

त्यस्तो हो, भने हामीले आफ्नो थैलो राम्ररी बाँध्नु पर्छ 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक एवं साइटिस फोकल पर्सन गोपालप्रकाश भट्टराईले यो कुराको आधिकारिता नआई हतारमा यही हो भन्न नमिल्ने बताए । हाम्राकुरासँग उनले भने, ‘मिडियामा आएकै आधारमा कसरी बोलौँ । विस्तृत रुपमा नबुझि भन्न सकिँदैन । सन् २०१९ मा साइटिसको सम्मेलन छ, श्रीलंकामा । त्यो सम्मेलनमा पनि कुरा उठ्ला । र, यदि हो नै रहेछ भने हामीजस्तो भूगोल जोडिएको मुलुक सबैभन्दा पहिले सचेत हुनु पर्छ ।’

चीन साइटिस एसोसियट राष्ट्र हुँदा हुँदै यस्तो निर्णय गर्न पाउँछ ? जवाफमा उनले भने, ‘साइटिसको नियम बढी वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित छ । मुलुकको डोमेस्टिक कानून पनि हुन्छ ।’ चीनले आफू बाघ पालेको हिसाबले भन्न खोजेको हो वा के हो ? त्यसको विस्तृत कुरा नआई यो विषयमा यसै हो भन्न सकिदैन, उनले भने, ‘हो भने हामीले आफ्नो थैलो राम्ररी बाध्नु पर्छ । सतर्क हुनुपर्छ ।’ चीनका सरकार नियन्त्रित सञ्चारमाध्यम समेथत बाघ र गैंडाको संरक्षणका लागि पनि यो कदमबारे स्पष्ट गराउन माग गरेका छन् । 
साइटिस भनेको के हो ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ