arrow

रामपुर उद्योग वाणिज्य संघको नेतृत्वमा पुन: ढकाल

logo
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
rampur1.jpg

पाल्पा (रामपुर) । रामपुर उद्योग वाणिज्य संघ रामपुर पाल्पाको अध्यक्षतामा पुनः भोजेन्द्र प्रकाश ढकाल चयन भएका छन् । संघको दोस्रो अधिवेशनले निवर्तमान अध्यक्ष ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । कार्यसमिति गठनको लागि निर्वाचन प्रक्रिया सुरु भए पनि पदाधिकारी चयनको लागि सहमतिमै एकल उम्मेदवारी परेको थियो ।

नयाँ कार्यसमितिका पदाधिकारीहरु अन्तत निर्विरोध घोषणा भएका हुन् । २७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि सुरु भएको निर्वाचन प्रक्रियामा २४ जनाको एकल उमेद्वारी परेपछि निर्विरोध निर्वाचित भएका छन् भने थप ३ जना पछि मनोनित हुनेछन् ।

कार्तिक ११ गते भएको उम्मेद्वारी दर्तामा अध्यक्षका लागि रामपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, वाणिज्य उपाध्यक्षमा निवर्तमान वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई र उद्योग उपाध्यक्षमा निवर्तमान उपाध्यक्षमा रुद्र नारायण श्रेष्ठको एकल उम्मेदवारी परेको थियो । अन्य २१ सदस्यका लागि २३ जनाको उम्मेद्वारी परेको थियो । जस मध्ये बुधबार अन्तिम समयमा सदस्यका उम्मेदवार कृष्ण कुमार अर्याल र उमा देवी श्रेष्ठले उम्मेदवारी फिर्ता लिए पछि सम्पूर्ण पदाधिकारी निर्विरोध घोषणा हुने निश्चित भएको हो ।

यस संगै सदस्यहरुमा शिव प्रसाद ढकाल, विशाल श्रेष्ठ, कृतिनाथ श्रेष्ठ, हरि प्रसाद कंडेल, भिमविश्व भट्टराई, लक्ष्मी गैरे वास्तोला, जनक राज ढकाल, विष्णु बहादुर सारु, दिनेश आचार्य, राजेन्द्र प्रसाद देवकोटा, कृष्ण बहादुर खड्का, भरतराज देवकोटा, मधुसुधन भट्टराई, दोजराज तिवारी, युवराज शाही, मित्रलाल देवकोटा, दुर्गा प्रसाद पोखरेल, खिम बहादुर क्षेत्री, खुममायाँ राना, समसुल हक मिया र प्रेम प्रकाश ढकालको एकल उम्मेदवारी परेपछि शनिवार निमित्त निर्वाचन अधिकृत बालकृष्ण लम्सालले नयाँ कार्यसमितिको घोषणा गर्नुभएको हो । निर्वाचित नयाँ समितिले सोमबार सपथ ग्रहण गर्नेछ ।

गत असोज २७ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले शनिवारलाई निर्वाचन मिति तय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ