arrow

गोदाबारी फूलको प्रदर्शनीः तीन दिनमै आधा करोडको ब्यापार 

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
flower-expo-2018.jpg

ललितपुर। बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा अहिलेसम्म ५० लाख बराबरको कारोबार भएको छ। ललितपुरको जाउलाखेलमा १५ गतेदेखि सुरु भएको प्रदर्शनीमा ५० लाखको कारोबार भएको फ्लोरीकल्चर एशोसिएशन अफ नेपालले जनाएको छ।

एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार शनिबारसम्म ५० लाख रुपैयाँ बाराबरको कारोबार भएको र ३० हजारले अबलोकन गरेका छन्। ‘रोपेर फूल गोदावरी सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ शुरु भएको प्रदर्शनीमा सबैभन्दा बढी गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी विक्री भएका छन्। 

प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक तीन र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी १ सहित ४८ कक्ष रहेका छन। मेलामा विभिन्न प्रजातीका मौसमी फूल, आलंकारिक बोटबिरुवा, ड्राइफ्लावर, कम्पोष्ट मल, फूलको गानो, बीऊविजन तथा सयपत्री, मखमली लगायतका ४५० भन्दाबढी जातका  फूल  प्रदर्शनीमा राखिएको छ।

प्रदेश सरकार प्रदेश नं. ३, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा रहेको मेलाअन्र्तगतको प्रतिस्पर्धामा गोदावरी फूलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कटफ्लावर विधालाई समावेश गरिएको छ।

प्रर्दशनीमा तिहारका लागि आबश्यक पर्ने तथा सजावटका पुष्पहरु गरी २५ रुपैयाँदेखि एक लाख सम्मका बिरुवा बिक्रि कक्षमा राखिएका छन।
 
एक लाख रुपैयाँ बिक्री मूल्य राखिएको पेन्सिल ट्री 
बिदेशबाट आयातित एक लाख मुल्यको पेन्सिल ट्रि नामको बिरुवा, २५ हजार मुल्यको १८ बर्ष पुरानो एक्स्ट्रा हर्न रुख, बोनसाई ट्री, थ्रि लेएर ब्याम्बो सहित नेपाली दमाई फूल, करी ट्री, म्याकेडेमिया नट, रुद्राक्ष, बोधिचित्त लगायतका बिरुवा पनि बिक्रिमा राखिएका छन्। 

पुष्प तथा पुष्पजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, पुष्प खेती तथा व्यवसायमा निजी क्षेत्रको संलग्नता बढाउँदै उत्पादनलाई प्रतिस्पर्धी बनाइ आन्तरिक बजार व्यवस्थापन तथा निर्यात प्रबद्र्धन गर्ने र स्थानीय अनुवांशिक पुष्प श्रोतको संरक्षण र सम्बद्र्धन गर्ने  प्रदर्शनीको उद्देश्य रहेको आयोजकको भनाइ छ।

प्रतियोगितात्मक मेलामा ३ वटा पुष्प व्यवसाय गर्ने नर्सरीलाई सम्मान समेत गरिएको छ। ४६ कक्षमा  गोदावरी फूलका नर्सरीमध्ये  सम्झना नर्सरी सानेपा पहिलो, अजिमा नर्सरी कुलेश्वर र टिटिआर बंगलामुखी नर्सरी नखिपोट तेस्रो भएका छन। २०५३ सालमा शाहि बनस्पति उद्यानले सुरु गरेको मेलालाई एशोसियसनले निरन्तरता दिदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ