arrow

शशांक कार्यकारी भए कस्तो होला काँग्रेस ?

के विपीको छोरो हुदैमा पार्टी चल्छ ?

logo
सर्वोच्च भण्डारी।
प्रकाशित २०७२ फागुन १३ बिहिबार
Sasank.gif.jpeg
काठमाडौं । नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा निजिकिदै गर्दा पार्टी नेतृत्वमा कोईरालालाई ल्याउने विषयले अहिले निकै चर्चा पाईरहेको छ । त्यसका लागि एकाएक बढी चर्चामा आएका छन्, -  काँग्रेस केन्द्रीय सदस्य, सांसद तथा विपीपुत्र डा. शशांका कोईराला ।
 
शशांक चर्चामा आउन थालेपछि काँग्रेसका अवसरवादी नेता तथा कार्यकर्ताहरु अहिले उनको निवासमा धाउदै उनलाई उक्साउन लागिपरेका छन् । कतिपयले पार्टी जोगाउनका लागि पार्टी सभापति नै बन्नु पर्ने क्रान्तिकारी सुझाव दिएका छन् भने कतिपयले महामन्त्री छोड्नुहुदैन भनेका छन् । अहिले सम्मको अवस्थामा उनी महामन्त्री वा सभापति मध्ये कुनै एक पदमा उमेदवार हुने देखिन्छ । तर कुन समुहसंग मिलेर उमेदवार बन्लान भन्ने एकिन भने भईसकेको छैन । उनलाई सभापति वा महामन्त्री बन्न सुझाव दिने र हामी साथ दिन्छौ भन्दै गफ हाक्नेहरुले उनी सभापति वा महामन्त्री भएपछि पार्टी कसरी लचाउलान भन्ने बारेमा भने एक वाक्य पनि सोचेको पाईदैन । उनीहरुले शशांकलाई उमेदवार बन्न उक्साउनुको पछाडी विपीको छोरो हुनु वाहेक अन्य कुनै काण पनि देखेका छैनन। 
 
के विपीको छोरो हुदैमा पार्टी चल्छ ? 
कुनै पनि पार्टी चलाउने भनेको विचार र नेतृत्व क्षमताले हो । पार्टी चलाउनका लागि अत्यावश्यक यी क्षमताहरु शशांकमा निकै कम देखिन्छ । विपीको छोरो हुनुलाई एउटा प्लस प्वाईन्ट मान्न सकिएला, तर विपीको छोरो हुदैमा विचारको प्रवाह हुने, संगठन आफै चल्ने त पक्कै हुदैन होला । हुदैन भने पार्टी कसरी चल्छ ? उनी अहिले पनि केन्द्रीय सदस्य छन्, केन्द्रीय सदस्य भएको हैसियतमा गर्न सकिने र गर्नु पर्ने धेरै काम हुन्छन, के गरे अहिले सम्म कसैले हेक्का राखेको छ ? कति बैठकमा उपस्थीत भए ? कति बैचारिक वहसमा सहभागी भएर विचार दिए ? पार्टीलाई आईपरेका समस्याको कति समाधान निकाले ? अन्य पार्टीसंगको प्रतिश्पर्धाका लागि कति खरो उत्रिए ? कति संगठन गरे ? कार्यकर्ताहरुलाई मिलाउने र प्रेरित गर्ने काम के के गरे ? सायद यी सवै प्रश्नको उत्तर सकारात्मक र सन्तोषजनक आउदैन । 
 
संविधान बनाएको संविधान सभाका उनी सभासद पनि हुन् । सांच्चै बैचारिक नेता हुन भने उनले नयाँ संविधानमा धेरै विषयबस्तुहरुलाई माझेको हुनु पर्दथ्यो । नयाँ संविधानलाई सहयोग हुने गरी उनको योगदान, बहस र तर्कवितर्क सायद कही देखिएको छैन । उनी संविधान सभाको छलफलमा भाग लिएको पनि कसैलाई संझना छैन । संविधान बनाउने सभासद्हरुको सुचीमा उनले हस्ताक्षर गरेकाले उनी संविधान बनाउने निश्क्रीय र औपचारिक सहभागी मात्र हुन । यीनले पाएका मुख्य दुई जिम्मेवारीमा उनले खेलेको भुमीकाबाट पनि उनले अव पाउने जिम्मेवारीलाई कसरी पुरा गर्लान् भनेर अनुमान गर्न गाह्रो छैन । 
 
उनी कस्ता छन् ? 
काँग्रेस कार्यकर्ताले उनलाई विपीको छोराका रुपमा बाहेक पार्टीको कुनै प्रभावशाली भुमीका खेलेको व्यक्तिको रुपमा चिन्न पाएका छैनन् । कुनै व्यस्त जिम्मेवारीमा नहुदा पनि उनले कार्यकर्तासंगको पहुँचलाई बढाएका छैनन। उनी न त कार्यकर्ताको फोन सजिलै उठाउछन् न कार्यकर्ताले सहजै भेट्न सक्ने नेता नै हुन् । कार्यकर्ता भेटघाटमा उनी रमाउन सक्दैनन। कार्यकर्तासंग भेटघाट गर्न गाह्रो मानेर उनी काठमाडौदेखि धेरै टाढा पर्ने टोखा गाँउमा बस्छन् । जव कार्यकर्तासंग अन्तरक्रिया छलफल, गुनासा सुन्ने गर्दैनन् र एकान्तमा बस्न रुचाउछन भने त्यस्ताले पार्टीलाई कता लैजालान् ? काँग्रेसको हित चाहने सवैले बस्तुनिष्ठ भएर सोच्नै पर्छ । भावनात्मक रुपले पार्टी चल्दैन भन्ने तथ्य काँग्रेस कार्यकर्ताहरुले भुल्नु हुदैन । उनी राजनितिक रुपमा मात्रै नभई व्यक्तिगत रुपमा पनि निकै अल्छी स्वभावका छन् । एकान्तमा त बस्छन, तर एकान्तमा हुदा उनी के गर्छन् धेरैलाई थाहा छैन। एकान्तलाई विचार निर्माण र रचनात्मक कामका लागि उपयोग गरेको कुनै आधार देखिदैन। उनको अभिव्यक्तिमा कुनै ठोस तर्क तथ्यांक र दृष्टान्तहरु नपाईने भएकाले उनी बैचारिक अध्ययनमा पनि त्यति समय दिदैनन भन्ने पुष्टी हुन्छ । उनी केवल भावनात्मक र सतही फिक्का तर्क मात्रै गर्छन्। यसरी विचारहिन, अल्छी, एकलकाँटे र कार्यकर्ताबाट टाढा रहन चाहने स्वभावका व्यक्तिलाई पार्टीको सवै भन्दा सक्रिय जिम्मेवारी दियो भने पार्टी पनि त्यस्तै विचारहिन, अल्छी र कार्यकर्ताबाट टाढा रहन पुग्छ। यसको अर्थ फेरी चार बर्ष काँग्रेसलाई निश्क्रीय बनाउनु हो। कमजोर बनाउनु हो। 
 
के निर्णय लेलान उनले ?  
महाधिवेशन आउन अव एक हप्ता मात्रै वाँकी छ, तर उनी केका लागि उमेदवार हुदैछन् भन्ने अहिले सम्म स्पष्ट हुन सकेको छैन । उनको सवै भन्दा बढी संभावना महामन्त्रीमा उमेदवारी दिने देखिन्छ । तर सभापतिका आकांक्षीहरु मध्ये को संग मिलेर उमेदवारी देलान भन्ने अनुमान गर्न भने अझै पनि गाह्रो छ । उनको उमेदवारीका बारेमा उनी आफै अझै स्पष्ट नहुदा उनको आशा गरेर बसेका कतिपय कार्यकर्ताहरु अरु उमेदवार तिर लागिसकेका छन् । संस्थापन तर्फबाट सभापतिका आकांक्षी मध्ये कार्यवहाक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला मध्ये कुनै एकलाई रोज्नु पर्ने भएपनि उनी अर्को पक्षका सभापतिका आकांक्षी बरिष्ठ नेता शेरबहादुर देउवासंग मिल्न संभावना पनि उत्तिकै देखाएका छन् । पार्टीलाई एकताबद्ध बनाउने गरी आफुले उमेदवारी दिने उनको भनाईको पछाडी कोईराला पक्षबाट आफु र अर्को पक्षका देउवा मिलेर उमेदवारी दिने कुरालाई पनि संकेतका रुपमा बुझ्न थालिएको छ । यस अर्थमा उनी देउवालाई सभापति मानेर आफु उनको महामन्त्री नवन्लान भन्न सकिन्न । यस्तो हुदा उनले भनेजस्तो पार्टी एकता होईन उनी आफै संस्थापन पक्षलाई फेरी टुक्र्याउने पात्रका रुपमा दर्ज हुनेछन् । 
 
उनले के गर्नु पर्छ ? 
उनले प्रायजसो पार्टीलाई जोगाउनु पर्ने चिन्ता व्यक्त गरेको पाईन्छ । यदी उनको त्यो चाहना आत्मै देखिको हो र पार्टीलाई जोगाउन चाहेकै हुन भने उनले हिम्मत गरेर उपयुक्त व्यक्तिलाई महामन्त्री बनाएर पार्टी जोगाउनेतर्फ लाग्नु पर्दछ । आफु आफ्नो स्वभाव अनुसार धेरै सक्रिय हुनु नपर्ने उपसभापति वा सहमहामन्त्री वा अरु कुनै पदमा बस्दा धेरै राम्रो हुने थियो । त्यसले पार्टीलाई उर्जा दिने थियो भने कार्यकर्ताका विचमा पनि उनको बारेमा त्यागी, सही र जिम्मेवारपुर्ण निर्णयकर्ताको रुपमा राम्रो सन्देश जाने थियो । अनी उनको लोकप्रियता थप मजवुद हुने थियो । 



नयाँ