- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय क्रिकेट ब्याट्सम्यान रोहित शर्माले विश्व कीर्तिमान रचेका छन् । वेष्ट इन्डिज विरुद्ध चौथो टी २० सतक प्रहार गर्दै रोहितले कीर्तिमान बनाएका हुन् । अहिलेसम्म कसैले टी २० मा चौथो सतक बनाएको छैन ।
यसअघि यो कीर्तिमान समान ३ सतक बनाएर रोहित र न्युजिल्याण्डका कोलिन मुन्रोको बराबरी रहेको थियो ।
लखनउमा भएको दोस्रो टी २० खेलमा कप्तान रोहितले ६१ बलमा ७ छक्का र ८ चौकाको मद्धतमा १११ रन बनाए ।
रोहित टी २० मा सबैभन्दा बढी रन बनाउने भारतीय पनि हुन् । उनले २२०३ रन बनाइसकेका छन् ।