वीरगन्ज। वीरगन्ज घडिअर्वा पोखरी छठ घाटको सजावटमा सय वर्ष १४ लाख भन्दा बढी रुपैया खर्च गरिनेभएको छ। घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले आज पोखरिपसिरमा पत्रकार सम्मेलनको आयोजना गरी यस वर्ष छठघाटको सजावट तथा व्यवस्थापमा १४ लाख भन्दा बढी रुपैया खर्च हुने जानकारी दिएको हो।
पाँच हजार भन्दा बढी व्रतालु र एक लाख ५० हजार हजार भन्दा बढी श्रधालुको भिड हुने घडिअर्वा पोखरीको सजावट तथा व्यवस्थापकालागि भारतबाट कारिगर बोलाइएको छठ पूजा व्यवस्थापन समिति घडिअर्वाका प्रचारप्रसार प्रमुख क्रान्ति साहले जानकारी दिए।
उनले गत वर्ष छठघाट व्यवस्थापनमा १३ लाख ६२ हजार रुपैया खर्च भएको बताउदै संयोज साहले यस वर्ष सजावटमा वुजीवत्ति तथा फुलको प्रयोग बढाएकाले खर्च समेत बढेको जानकारी दिए। छठ पर्वको सझिया तथा भोरिया घाटका वेला व्रतालु तथा श्रधालुहरुको सुरक्षामा एक सय सुरक्षाकर्मी तथा ७० जना स्वयम् सेवक परिचालन गरिने व्यवस्थापन समितिले जनाएको छ।
छठघाटको निगरानी गर्न पोखरि परिसर तथा आसपासका क्षेत्रमा सिसि क्यामरा जडान गरिनुको साथै व्रतालुहरुको सुविधानलाई ध्यानमा राखि एकतर्फि बाटोको व्यवस्था गरिने व्यवस्थाप समितिले बताएको छ। छठघाटमा एम्बुलेन्श, बारुणयन्त्र,चिकित्सक रहने प्रवन्ध मिलाइएको साहले जानकारी दिए। घडिअर्वा पोखिर छठघाटको सजावको कम अन्तीम चरणमा रहेको र भोली बेलुकासम्म सबैकार्य सम्पन्न गरिसक्ने आयोजकले जनाएका छन्।