त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन र मान्छे समातिने क्रम जारी
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
541
Shares
काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मान्छे समातिने क्रम जारी छ । विहिबार मात्रै प्रहरीले सुनसहित तीन जनालाई पक्राउ गरेको छ।
भन्सार छली अवैध रुपमा विमानस्थलबाट बाहिरिन लागेकाे करिब २ सय ९९ ग्रामको सिक्रीसहित बझाङ बुङगल नगरपालिका–७ बस्ने २५ वर्षीय नरेश बोहोरासहित ३ जना पक्राउ परेका हुन् ।
विमानस्थलमा अाेर्लिएका यात्रुलाई भन्सार छली गर्न लगाएर विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार पार्किङ क्षेत्रमा अवैध रुपमा संकलन गरी लैजान लागेकाे अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि विमानस्थलबाट बाहिरिएकाे साढे ३३ किलाे सुनबारे अझै अत्ताे पत्ताे छैन । त्यसकाे अनुसन्धान समेत त्यसै सेलाएकाे छ ।