काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिंगल इन्जिन भएका विमानलाई परिक्षणपछी मात्रै उडान भर्न निर्देशन दिएपछी सिंगल इन्जिनका विमान तत्काल नउड्ने भएका छन् । एयर काष्ठमण्डपको सिंगल इन्जिन भएको नाइन एन एजेबी कल साइनको विमान कालिकोटको चिल्खायामा दुर्घटना भएपनि प्राविधिक कारण देखाउँदै नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले सिंगल इन्जिन भएका विमानलाई परीक्षण नगरी तत्काल उडान नभर्न भनेका हुन् । नेपालमा सिंगल इन्जिन भएका विमान अब ५ वटा छन् ।
यसअघि, ६ वटा रहेकामा शुक्रबार दिउँसो काष्ठमण्डपको एउटा विमान दुर्घटना भएपछि अब ५ वटा मात्र छन् । काष्ठमण्डपसंग अब सिंगल इन्जिन भएको एउटा विमान छ । नेपालमा तीनवटा एयरलाइन्ससंग मात्रै सिंगल इन्जिन भएका विमान छन् । मकालु, गोमा र काष्ठमण्डपले रिमोट एरियाका लागि सिंगल इन्जिन विमान प्रयोग गर्दै आएका छन् ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार तत्काल यीनले विमान उडाउँदैनन् । दुर्घटनाको जाँच गर्न प्राविधिक टोली जाँदैछ । प्राधिकरणका एक अधिकारीले भने, ‘सिंगल इन्जिन भएका विमान ‘नन सेडुल’ अपरेटर हुन्, डबल इन्जिन भएकाले मात्रै टिकट काटेर सेडुलमा चलाउन पाउँछन्, सिंगल इन्जिनले कार्गो र यात्रु दुवै बोक्न पाउँछ । तर, परिवेश हेरेर मात्रै नन सेडुल चार्टर गर्न पाउँछन् ।’ कति बोक्ने ? के बोक्ने भन्ने उहाँहरु आफैले निर्धारण गर्ने हो । सिंगल इन्जिन विमान रिमोट एरियाका लागि मात्रै भएको उनले बताए ।
एयर काष्ठमण्डपका मेन्टिनेन्स म्यानेजर जेपी मण्डल भने आफुहरुको विमान चार्टरवाला नै भएको बताउँछन् । उनले भने, ‘सेडुलमै उड्ने विमान थियो ।’ यसअघि, हामीसंग दुई वटा सिंगल इन्जिन विमान थियो । अब एउटा छ । सिंगल इन्जिन भएको एयर काष्ठमण्डपको विमान दुर्घटना लगत्तै नागरिक उड्डयन मन्त्री पोखरेलले यात्रु नबोक्न भनेका हुन् । प्राविधिक रिपोर्ट नआएसम्म सिंगल इन्जिन जहाजलाई यात्रु नबोक्न भनिएको मन्त्री पोखरेलको भनाई छ ।
नागरिक डड्डयन प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता देवेन्द्र केसीले अनुसन्धान अवधिका लागि उडान नभर्ने बताए । केसीले हाम्र कुरासंग भने, ‘यो संसारकै चलन हो, अनुसन्धान हुँदा सम्म उहाँहरु उडाउनु हुन्न ।’ सिंगल इन्जिन भएपनि उहाँहरुलाई उड्ने यात्रु वोक्ने अर्थात् सेडुलमा उड्ने अनुमति थियो । पछिल्लो समय ट्नीनअटर जहाँज कमै बन्ने गरेको बताउँदै केसीले रिमोट एरियाका लागि उडाउने यी विमान दुर्गम क्षेत्रका वासीन्दाकै मागमा संचालन हुने गरेका जानकारी दिए । उहाँहरुलाई यात्रु र कार्गो बोक्ने अनुमति नै भएका कारण उडाउनु भएको हो–केसीले भने । नेपाली आकाशमा
विक्रम सम्वत २००३ साल देखि हाल सम्म हेलिकोप्टर बाहेक ५४ दुर्घटना भएका छन् । जसमा ७ सय ८४ जनाको मृत्यु भएको छ ।