arrow

निसानको विश्वसनीयतामा गम्भीर प्रश्न, मालिक नै परे जेलमा

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
nissan-motor.png

काठमाडौं । जापानको कार निर्माता कम्पनी निसान मोटर्स कम्पनीका अध्यक्ष कार्लोस घोसन भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् । जापानको समाचार पत्र योमीउरीले सोमबार वेबसाइटमा यो विषय उल्लेख गरिएको छ । यसभन्दा पहिले निसान मोटर्सले सोमबार नै भनेको थियो कि घोसनले कम्पनीको पैसाको प्रयोग निजी काममा प्रयोग  गरेको आरोप लगाईएको छ । घोसनको साथमा अर्का एक डायरेक्टर ग्रेग केलीमाथि पनि पछिल्लो महिनादेखि जाँच भईरहेको छ । 

जापानी अखबार योमीउरीका अनुसार घोसनलाई टोकियोका जाँच अधिकारिहरुले गिरफ्तार गरेका हुन् । अखबारका अनुसार उनको गिरफ्तारी आफ्नो तलब लुकाउने प्रयास गरेको र पैसा हिनामिनाको बारेमा भएको हो । जापानका अन्य अखबार असीहीले जानकारी दिए अनुसार सोमवार सुरक्षा जाँच अधिकारीहरुले निसानको मुख्यालय तथा अन्य ठाउँमा पनि तलासी शुरू गरेको छ । टोकियोका जाँच अधिकारीहरुले अहिले यो मुद्दामा पनि जानकारी दिन इनकार गरेको छ । 

रोयटर्सको एक रिपोर्टका अनुसार घोसन तथा केलीको विरुद्ध जाँचमा यो भेटिएको छ कि दुई अधिकारी पछिल्लो केही सालदेखि वित्तीय अनियमिततामा लिप्त थिए। जाँचको मामलामा आएपछि निसानका सीईओ हिरोतो साइकावा कम्पनीका बोर्ड सामु घोसनलाई हटाउने प्रस्ताव राखेका छन् । रोचक कुरा त यो छ कि कार्लोस फ्रान्सको कार निर्माता कम्पनी रेनोको पनि अध्यक्ष तथा उच्च कार्यकारी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ