arrow

खानेपानी कर्मचारी आन्दोलनमा, ट्रेड युनियन कांग्रेसको ऐक्यवद्धता

logo
प्रकाशित २०७५ मंसिर ५ बुधबार
puskar-acharya-trade-union.jpg

काठमाडौं। नेपाल खानेपानी संस्थानमा कार्यरत कर्मचारीहरु विभिन्न माग राखी विगत ३ दिनदेखी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा आन्दोलित भएका छन्। संस्थानमा क्रियाशिल चारवटा युनियनहरुले संयुक्त रुपमा गरिरहेको आन्दोलनले संस्थानमा मौलाउदै गएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेका छन्।

कर्मचारीको संस्थाहरुले ०६६ सालको विज्ञापनको नतिजा प्रकाशन गर्न सर्वोच्च अदालतले गरेको फैसला कार्यन्वयन गर्नुपर्ने, संस्थानमा कार्यरत सम्पूर्ण दैनिक ज्यालादारी तथा करार कर्मचारीहरुको स्थायी गर्नुपर्ने, विनियम अनुसारको सरुवा बढुवा हुनुपर्ने, संस्थानमा आर्थिक पारदर्शीता कायम हुनुपर्ने र कर्मचारी अभाव भए पनि पुर्वाग्रही भई काम विहिन बनाइएकोले काम दिनु पर्ने मागहरु राखेका छ्न्।

कर्मचारीहरुले आन्दोलन गरिरहेको स्थान त्रिपुरेश्वरमा पुगि ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले महासंघकोतर्फबाट ऐक्यबद्दता जनाएका छन्। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै मजदुरलाई कसैले कमजोर नठान्न चेतावनी दिए।

संस्थानका कर्मचारीले माग राखेर आन्दोलनमा जानै नपर्ने खालका माग राखेपनि व्यवस्थापन पक्षको ध्यान नपुगेकोमा चिन्ता व्यक्त गर्दै मजदुर कर्मचारीहरुको हक र हित संरक्षणकालागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने आचार्यले बताए। 

आन्दोलनलाई नेपाल सार्वजनिक संस्थान कर्मचारी संघको समेत समर्थन रहेको संयुक्त आन्दोलन समितिका संयोजक रामजी अर्यालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ