पाकिस्तानमा चिनियाँ वाणिज्य दूतावास नजिकै आक्रमण, २ को ज्यान गयो
एजेन्सी
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
652
Shares
काठमाडौं । पाकिस्तानको कराँचीमा चिनियाँ वाणिज्यदूतावासको अगाडि अज्ञात हतियारधारीले गोली आक्रमण गरेका छन् । उनीहरुले प्रहार गरेको गोली लागेर दुई सुरक्षाकर्मीको ज्यान गएको छ ।
स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार पाकिस्तानको क्लिफटन क्षेत्रमा एक ठुलो विष्फोटको पनि आवाज सुनिएको थियो । यसको प्रकृतिको विषयमा भने अहिलेसम्म कुनै जानकारी हासिल हुन भने सकेको छैन । अहिले घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आक्रमणको घटना भएसँगै यो क्षेत्रमा उल्लेख्य मात्रामा सैनिक परिचालन गरिएको छ । पछिल्लो समय चीन र पाकिस्तानको सम्बन्ध सुमधुर बन्दै गएको अवस्थामा यो आक्रमण भएको हो ।