arrow

सरकारबाटै नेपाली झण्डाको अपव्याख्या

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
jhanda-apabakhya.jpg

काठमाडौं । सरकारको काम राज्य संयन्त्र चलाउने हो । वेथिति हुन नदिने हो । राज्यदेखि जनतालाई सुरक्षा दिने हो । जब सरकार नै वेथिति मच्याउन र नियम उल्लंघन गर्न लागिपर्छ भने उसबाट के अपेक्षा गर्ने ? 

सरकारले नै राष्ट्रिय झण्डालाई तोडमोड गर्छ भने उसलाई कसले कार्वाही गर्ने ? 

मंगलबार सामाजिक सुरक्षा कोषले लाखौंको विज्ञापन बनाएर प्रचार–प्रसार गरिरहेको छ । त्यसमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको तस्वीरसहितको प्रचारमा राष्ट्रिय झण्डाको अपमान गरिएको छ । 

माथि सूर्य झण्डा छ । तल व्यहोरामा सूर्यको मात्रै बयान गरिएको छ । चन्द्रमा ओझेलमा छ । त्यसको अर्थ नेपाली झण्डा अपुरो छ । वा नेपाली झण्डाको बेवास्ता गरियो ।

सरकार र पार्टी फरक हुन् भन्ने बुझाइलार्इ यसले चक्मा दिएको छ । अर्को अर्थमा यो व्यहोराको पृष्ठभूमिमा नेपाल कुनै एक धार्मिक राष्ट्र हो भन्ने पनि देखिन्छ । 

सरकारले जे बनाए पनि जनताले सहनु पर्ने हो ? होइन भने यसको ब्याख्या सरकारले कसरी गर्यो ? 

सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गर्न थालेको झण्डै १० वर्ष भइसकेको छ । कोषमा अहिले झण्डै २० अर्ब जम्मा भएको छ । तलवको एक प्रतिशत सुरक्षा कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । 

यो १० वर्षमा सरकारले यो रकमको लगानी पनि गर्न सकेन र त्यसको प्रयोग वा उपभोग पनि गर्न सकेन । 

मंगलबारदेखि यसको थालनी गर्दैगर्दा लाखौं रकम यसकै प्रचारमा खर्च गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ