arrow

प्रथम बडिगाड महोत्सवमा ३ करोड बढिको कारोवार

logo
कौरव खत्री,
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
sorathi.jpg

गुल्मी । प्रथम बडिगाड महोत्सव तथा पौंदी न्वागी मेला २०७५ मा झण्डै ३ करोड भन्दा बढि कारोवार भएको बडिगाड संस्कृति प्रवद्र्धन केन्द्रले जनाएको छ ।

सोमवार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रले १ लाख वढि दर्शकले मेलाको अवलोकन गरेको भन्दै स्थानिय कला, संस्कृति, र उत्पादनको प्रवद्र्धन तथा बडिगाड गाउँपालिका भित्रका धार्मिक, सांस्कृतिक र पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्न यो महोत्सव अविस्मरणीय र ऐतिहासिक भएको वताएको हो ।

अध्यक्ष कलाधर घिमिरे र सचिव विष्णु प्रसाद आचार्य द्धारा हस्ताक्षरीत विज्ञप्तीमा “प्रथम बडिगाड महोत्सव तथा पौंदि न्वागी मेला २०७५ शान्त र भव्य रुपमा सम्पन्न भएको सुखद् समाचार सम्प्रेषण गर्न पाउँदा हामी सवै हर्षित छौं” भनिएको छ ।

 विज्ञप्ती मार्फत महोत्सव आयोजकले कार्यक्रममा सहभागिता जनाउने अतिथि, खेलाडि, कलाकार, पत्रकार, सहयोगी संघ संस्था लगाएत सम्बद्ध सवैलाई धन्यवाद व्यक्त गरेको छ ।

बडिगाड संस्कृति प्रवद्र्धन केन्द्र को आयोजना, सितुरियो कराँते बडिगाड डोजोको सहआयोजना तथा बडिगाड गाउँपालिकाको मुख्य प्रवद्र्धनमा मंसिर १ देखि ९ गते सम्म बडिगाड गाँउपालिका ५, खार वजारमा महोत्सव तथा मेला सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ