वृद्धवृद्धा र अशत्तलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण
कौरव खत्री,
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
168
Shares
गुल्मी । प्रभु बैंक लिमिटेड र गलकोट नगरपालिका १० पाण्डवखानीको संयुक्त आयोजनाा अशक्त अपाङ्ग वृद्धवृद्धाहरुको लागि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
बुधवार पाण्डवखानीको रमुवामा पुगेर सेवाग्राहीहरुलाई प्रभु बैंक लिमिटेड गलकोटका शाखा प्रवन्धक कृष्णहरि भण्डारी,संञ्चालन प्रमुख शिशिर बम मल्ल, सम्बन्ध अधिकृत प्रकाश सुवेदी,प्रशिक्षार्थी रोशन बस्नेत,बैंकका सुरक्षा कार्ड खिमबहादुर मल्ल, गलकोट नगरपालिका वडा अध्यक्ष तिलक घर्तीमगर र पत्रकार सुरेश छन्त्याल लगायतको टोलीले रमुवामा पुगेर भत्ता वितरण गरेको छ ।
त्यस्तै भत्ता बुझ्ने क्रममा रमुवा निवासी ८१ वर्षिय बलिभद्र घर्ती मगरले भने भत्ता बुझ्न हटिया जादा धेरै खर्च सँगै दुख समेत हुने हुदा हामी जस्तो वृद्धवृद्धाहरुलाई आफ्नै घरमा आएर भत्ता दिएकोमा खुसी हुँदै धन्यवाद समेत दिएका थिए ।
गलकोट नगरपालिकाको हटियामा आउन निकै टाढा र खर्चिलो र असमर्थ अशक्त अपाङ्ग वृद्धवृद्धा तथा दलित सबैलाई मध्यनगर गलकोट नगरपालिकाको समन्वयमा प्रभु बैंकले गाँउमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रभु बैंक लिमिटेड गलकोटका शाखा प्रवन्धक कृष्णहरि भण्डारीले बताए ।
रमुवामा वृद्धवृद्धा र अपाङ्ग दलित गरि भत्ता ७५ जनालाई वितरण भएको सञ्चालन प्रमुख शिशिर मल्लले जानकारी दिनुभएको छ । त्यस्तै भोलि गलकोट नगरपालिका वडा नं. १० को पाण्डवखानी वडा कार्यालयमा पुगेर भत्ता वितरण गर्ने मल्लले बताए ।