के हुँदैछ हुलाकी राजमार्गमा काम ? यस्ता रहेछन् समस्याहरु
प्रकाशित २०७५ मंसिर १४ शुक्रबार
132
Shares
काठमाडौं । हुलाकी राजमार्ग निर्देशनालयले आफ्नो समस्या र चुनौतीको बारेमा संसद्लाई जानकारी दिएको छ । शुक्रबार संसद्को विकास समितिमा बोलाईएका निर्देशनालयका अधिकारीकारीहरुले आफ्ना समस्या समाधान र आप्नो प्रगति विवरण सहितको सक्षिप्त प्रतिवेदन संसद्मा पेश गरेको हो ।
निर्देशनालयले विगत ३ महिनादेखि अख्तियारी प्राप्त आयोजनाको प्रमुख नियुक्ति हुन नसक्दा भारतीय अनुदान सहयोगकमा निर्माणधीन सडकहरुको विल भुक्तानी हुन नसकेकको कारण निर्माण कार्यमा प्रत्यक्ष असर परेको जनाएको छ । हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय जनकपुर, वीरगञ्ज, नेपालगञ्ज, धनगढीका योजना प्रमुखहरुको सरुवा भएको भएपनि लामो समयसम्म उक्त पदहरु रिक्त रहेकोले समग हुलाकी राजमार्गहरुको प्रगतिमा ह्रास आएको जनाईएको छ । अहिले भारतीय अनुदानमा निर्माणाधन रहेको तामागढी सिम्रोनगढ सडकमा स्थानीय बासिन्दाहरुको मुआब्जा नपाएको कारणले निर्माण कार्य रोकिएको निर्देशनालयले जनाएको छ ।
हुलाकी राजमार्गमा आयोजना अन्तर्गत्को स्वीकृत र्खांकन अनुसार कूल लम्बाई १७९२ कि मी रहेको तर नीति तथा कार्यक्रममा पूर्व पश्चिम हुलाकी राजमार्ग ९७५ कि मी मात्र समावेश भएको देखिएकोले हाल निर्माणाधीन सडकहरु मध्ये उत्तर दक्षिण तर्फका सडकहरु प्रादेशिक सडकका रुपमा प्रदेशमा हस्तान्तरण गर्ने सम्बन्धमा स्पष्ट एकीन हुनुपर्ने माग निर्देशनालयको छ ।
त्यस्तै, नीति कार्यक्रममा उल्लेख भए बमोजिम ५ वर्षमा पुर्व पश्चिम हुलाकी राजमार्ग ९९७५० कि मी कालोपत्रे गर्ने तथा एक्सप्रेस हाइवेको रुपमा विकास गर्ने लक्ष्य रहेको भएपनि हालको अवस्थामा ४०७ कि मी सडकको ठेक्का व्यवस्थापन गर्न बाँकी रहेको र उक्त सेक्सनको ठेक्का व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा सैद्धान्तिक सहमती माग गरिएको तर हालसम्म सहमती प्राप्त नभएको छ।
चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्नेको हुलाकी सडकको रेखांकन अन्यौलताको अवस्थामा रहेको छ । फोर्थ सेक्सन वर्ड हेरिटेज कमिटीको निर्णय अनुसार चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्नेको हुलाकी सडक ब्ल्याकटप वेनिङ गर्न नदिने निर्णय रहेको निर्देशनालयले जनाएको छ । यसले पनि काममा नीतिगत चुनौतीहरु थपेको निर्देशनालयको दाबी छ ।
हाल भरतपुर माडी ठोरी सडक को माडी नगरपालिकामा पर्ने बफर जोनको १० वटा पुल निर्माण कार्य चितवन राष्ट्रिय निकुञ्जबाट रोकिएको अवस्थामा छ । उक्त सडकको इआर्इए प्रक्रिया २०६७/६८ मा शुरु भएको तर वन तथा वातावरण मन्त्रालयको मिति २०७४ मंसिर ३ गते ०८च नं। ९५८ को पत्रानुसार प्रतिवेदनमा संकलित तथ्यांक धेरै पुरानो भएको हुनाले परिमार्जन गरी पेश गर्नका निर्देशन भएको हुनाले सोही अनुसार पुनः गरी सबै सरोकारवालाको उपस्थितिमा मिति २०७५।०१।१२ गते किर्तनपुरमा सार्वजनिक
सुनुवाई गरी परिमार्जित इआईए रिपोेर्टको मस्यौदा वातावरण वन तथा मन्त्रालयमा पेश भइसकेको भएपनि हालसम्म केही प्रतिक्रिया प्राप्त नभएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार हालसम्ममा कुल १२८।५ किमि सडक कालोपत्रे भर्इसकेको छ। भारतीय अनुदान सहयोगमा लम्की टिकापुर र सती भजनी धनगढी )काठमाडौं । हुलाकी राजमार्ग निर्देशनालयले आफ्नो समस्या र चुनौतीको बारेमा संसद्लाई जानकारी दिएको छ (बसन्ता जंगल सेक्सन बाहेक) मा ६७ कि मी सिंगल लेन, लमही कोइलाबासमा ३ किमि, माइस्थान गौशाला ससीमा १० कि मि (डबल लेन) गरी ८० कि मि कालोपत्रे सम्पन्न भएको छ ।
नेपाल सरकारको आन्तरिक श्रोतबाट चारआली केचनामा ७ कि मी, भद्रपुर राजगढमा १३ कि मी, जितपुर तौलिहवामा १३ कि मी नवलपुर मलंगवामा ५ किमि, जनकपुर कदमचोक कपतौल मा ५ कि मि तथा गितानगर घान्द्रुक ५५ कि मी, गरी ४८।५ कि मी कालोपत्रे कार्य सम्पन्न भएको छ जनार्इएको छ ।
नेपाल सरकार को मिति २०६९/०२/२४ को निर्णय (मन्त्रीस्तरीय) बमोजिम हुलाकी राजमार्गको लम्बाई (पुर्व पश्चिम तर्फ) ९७५ कि मी रहेकोमा सहायक राजमार्ग (उत्तर दक्षिण तर्फ) ८१७।२५ किमि गरी कूल १७९२।२५ किमि बनाउनु पर्ने रहेको छ ।
प्रथम चरण अन्तर्गत बाँकि १७ वटा सडकहरु मध्ये २९९ कि मी (१० वटा सडकहरु) भारतीय सहयोगबाट निर्माणाधिन छ भने २१८ कि मी (७ वटा सडकहरु) नेपाल सरकारको श्रोतबाट स्तरोन्नती कार्य भैरहेको छ । दोश्रो चरणका सडकहरु मध्ये ४३५ कि मी सडक स्तरोन्नती कार्य सुचारु रहेको छ भने ५४४ कि मी सडक ९४०७ कि मी पूर्व पश्चिम तर्फ र १५७ कि मी सडक उत्तर दक्षिण तर्फ० निर्माण कार्य बांकी रहेको छ।