arrow

‘बरौनीबाट किन रोकियो ग्याँस ?’

logo
प्रकाशित २०७२ फागुन १६ आइतबार
gass-bullet .jpg.jpeg
काठमाडौं । भारतीय अइल नियम (आइओसी)ले विभिन्न कारण देखाउँदै साविकको इन्धन लोड दिएको छैन । जसले ६ महिना लामो नाकाबन्दीले भड्किएको इन्धन अभाव अझै टरेको छैन । भण्डारण क्षमता बढी नभएको नेपाल अइल निगमले विहान–बेलुका आएकै इन्धनले माग धान्नु पर्नेमा आइओसीले लोड कम दिएपछि संकट समाधान हुन नसकेको हो । आइओसीले दैनिक २५ देखि २६ सय किलोलिटर इन्धन दिनु पर्नेमा नाकाबन्दी खुले यता १९ सय देखि २ हजार किलोलिटरको हाराहारीमा इन्धनको लोड दिइरहेको नेपाल अइल निगमका कार्यकारी निर्देशक तथा प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । घिमिरेले हाम्राकुरासंग भने, ‘सवै नाकाबाट ७० प्रतिशत भन्दा बढी इन्धन आयात हुन सकेको छैन ।’ 
 
निगमले बारम्बार ताकेता गर्दा पनि आइओसीले इन्धन दिन आनाकानी गरेकाले बजारमा पेट्रोलियम पदार्थ पठाउन नसकिएको घिमिरेले बताए ।   प्रवक्ता घिमिरेले भने, ‘आइओसीले विभिन्न कारण देखाउँदै माग अनुसारको लोड दिएको छैन ।’ इन्धनको आयात सहज नभएकाले आइओसीसँग छलफल गर्न निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का भारत गएका घिमिरेले जानकारी दिए । 
 
किन रोकियो ग्याँस ?  
ग्याँस बरौनी प्लान्टमा इलेक्ट्रिकल समस्या आएकाले मर्मत अवधिभर रोकिएको प्रवक्ता घिमिरेले जानकारी दिए । नाकाबन्दी नै लागेको होइन । ग्याँस आउने तीनवटा ठाउँबाट मात्रै हो । बरौनी, हल्दिया र मथुरा । बरौनीबाट केही दिन रोकिएपनि मंगलबारबाट लोड दिने जानकारी आएको घिमिरेले बताए । अहिले हल्दियाबाट १२ र मथुराबाट ८ गरेर २० बुलेट ग्याँस आइरहेको छ । यस्तै, मागअनुसार इन्धन उपलब्ध गराउने भनेपनि कुल खपतको ३३ प्रतिशत इन्धन चीनबाट खरिद गर्ने सम्झौता भएसँगै भारतीय पक्षले ७० प्रतिशतमात्र लोड दिएको बुझिएको छ ।
 
कहिले सहज हुन्छ ? 
आइओसीले माग अनुसारको लोड दिए ग्याँस केही दिनमा सहज हुन्थ्यो । भरी सिलिण्डर दिन लाथिसकेका छौं । घिमिरेले भने, ‘लोड आए भरेर दिने न हो ।’ रक्सौलबाट माग अनुसार पेट्रोलियम पदार्थ दिए इन्धन पूर्ण रुपमा सहज हुने घिमिरेको भनाई छ । सवै नाकाबाट ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन । आएको र स्टक मिलाएर बजारमा पठाइरहेको उनले बताए । निगमसंग थानकोट डिपो बाहेक अहिले भण्डारण गर्ने स्थान छैन । भूकम्प अघि थालेको भण्डारण पूर्वाधारको काम रोकिएपछि झन् समस्या भएको छ । निगमले काभ्रेको पाँचखाल, नुवाकोटको बेत्रावती र तनहुँको खैरेनी क्षेत्रमा भण्डारणको पूर्वाधार निर्माण गर्दै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ