arrow

प्राइमलाइफद्धारा अभिकर्तालाई तालिम

logo
प्रकाशित २०७५ मंसिर १६ आइतबार
prime-insurence.jpg

काठमाडौं। प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ।नेपालीलाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना फैलाउन कम्पनीले २ दिने तालिम दिएको जनाएको छ। बीमाको पहुँच पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त तालिम यहि मंसीर १४ र १५ गते अर्घाखाँचीको सन्धिखर्कमा सञ्चालन गरेको हो।

वुटवल शाखा प्रमुख रीता केसी मुख्य प्रशिक्षक र अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको संयोजकत्हवमा सम्पन्न भएको कम्पनीले बताएको छ। उक्त कार्यक्रममा एजेन्सी मेनेजर, इन्स्योरेन्स एड्भाइजर, व्यवसाय अधिकृत लगाएतले विमाको मार्केटिङ्ग गर्दाका आफ्ना पुराना अनुभव र भोगाइ सुनाउदै हाल भने धेरै सजिलो र सहज भएको बताएका छन्।

बजार प्रतिनिधिहरुले यस कम्पनिका ७७ जिल्लाका १४० भन्दा बढी कार्यालयबाट सम्पुर्ण सेवा र सुविधाहरु छिटो र छरितो प्राप्त हुने गरेकाले कुनै सेवाग्राहीले दुख र झन्झट भोग्नु नपर्ने बताएका थिए। तालिममा अर्घाखाँचीका बिभिन्न स्थानबाट सहभागी २८ भन्दा बढी नयाँ अभिकर्ताहरुको उपस्थिति रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ