arrow

खाद्य संस्थान अन्तिम वर्षगाँठ मनाउँदै, दुर्गमका पीडा उस्तै 

logo
प्रकाशित २०७५ मंसिर १७ सोमबार
khadya-sanstan.jpg

काठमाडौं । नेपाल खाद्य संस्थानले आफ्नो स्थापनाको ४५औँ वर्षगाँठ मनाइरहेको छ । संस्थानको यो सम्भवतः अन्तिम वर्षगाँठ हुनेछ । मुलुकमा खाद्यान्न आपूर्तिको संस्थागत जिम्मेवारी पाएको खाद्य संस्थान अब ‘राष्ट्रिय आपूर्ति कम्पनी’मा रुपान्तरित हुने संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले बताए ।  

गौचनले जारी गरेको प्रतिवद्धतापत्रमा ‘संघीय सरकारको बजेट वक्तव्यको बुँदा नम्बर १११ मा ‘‘खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीको रुपमा पुनःसंरचना गरी नेशनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व यसै कम्पनीमा गाभिने भनिएको’ उल्लेख गरिएको छ । 

उनका अनुसार संघीय सरकारको त्यो कार्यक्रम कार्यान्वयन प्रक्रिया यद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट अगाडि बढिसकेको छ । 

राष्ट्रिय आपूर्ति कम्पनीको रुपमा रुपान्तरित हुने यो कम्पनीको नीति, उद्देश्य, कार्यक्षेत्र, पूँजीकोष र संगठन तथा व्यवस्थापन जस्ता दूरगामी महत्वका विषयमा विषयगत मन्त्रालयबाट सम्बन्धित क्षेत्रका विषयका विज्ञहरुसँग गहन छलफल गरी दीर्घकालीन सोचसहितको स्पष्ट मार्गचित्र तयार भइरहेको गौचनले बताए ।

२०३१ साल मंसिर १७ गते संस्थान ऐन, २०२१ अनुसार स्थापना भएको यो संस्थानले लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप सरकारको आपूर्ति र खाद्य नीतिलाई अंगाल्दै मुलुकका दुर्गम भेगमा बसोबास गर्ने गरिब, विपन्न र सिमान्तकृत वर्गका जनतालाई सुपथ मूल्यमा खाद्यान्न आपूर्ति गर्दै आएको छ । 

संस्थानले बजार मूल्य स्थिरीकरणका लागि काठमाडौं उपत्यका लगायत सुगम स्थानमा लागत मूल्यमा खाद्यान्न आपूर्ति गर्दै आइरहेको थियो । पछिल्लो समय कर्णाली प्रदेशका दुर्गम भेगमा हेलिकोप्टर व्यवसायीले ढुवानी भाडा कम भएको भन्दै बोलपत्र नहालेपछि खाद्यान्न ढुवानी हुन सकेको छैन । 

संस्थानले पटक–पटक बोलपत्र आह्वान गर्दा पनि कुनै पनि होलिकोप्टर कम्पनीले बोलपत्र हालेका छैनन् । संस्थान चौथो पटक बोलपत्र आह्वान गर्ने तयारीमा छ । कर्णालीको दुर्गम भेगका स्थानीय खाद्यान्न अभाव झेलिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ