arrow

पाकिस्तानमा चीनको नयाँ नीति : छवि सुधार कि प्रभुत्व विस्तार ?

logo
हाम्राकुरा डेस्क
प्रकाशित २०७५ मंसिर १७ सोमबार
imran-khan-xi-jingping.jpg

काठमाडौं । पछिल्लो समय चीनको पाकिस्तानसँगको निकटता बढ्दै गएको स्पष्ट देख्न सकिन्छ । विशेषगरी पाकिस्तानमा नयाँ सरकार आएसँगै चीनको निकटता झन् बढ्दो क्रममा रहेको छ । केही समयअघि मात्र पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चीनको भ्रमण गरेका थिए । यसले  पनि दुई मुलुकको प्रगाढ बन्दै गएको छ । 

पाकिस्तानले पछिल्लो केही वर्षमा चीनसँग अत्यधिक मात्रामा ऋण लिएको छ । पाकिस्तानमा चीनका धेरै परियाजनाका कामहरु जारी छन् । 

चीनको नयाँ नीति 

पाकिस्तानमा चीनले आफ्नो नयाँ नीति ल्याएको छ । पाकिस्तानको अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा ऋणको भार कम गर्न चीनले पथ ऋण दिनुको सट्टामा लगानी बढाउने योजना अघि सारेको छ । इमरान खानका चीन भ्रमणको क्रममा पाकिस्तानले चीनसँग आर्थिक सहायता माग गरेको थियो । 

भ्रमणपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)माथिको पाकिस्तानको निर्भरता पनि कम हुँदै गएको उल्लेख गरिएको थियो । यस्तोमा पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण सफल रहेको बताइएको थियो । पाकिस्तानी सरकारी अधिकारीले केही समयअघि साउदी अरेबिया र चीनबाट समग्रमा १२ अर्ब डलरको सहयोग आएको बताएका थिए । 

चीनले भने पाकिस्तानका योजनाहरुमा लगानी बढाउँदै सहयोग पुर्‍याउने बताएको हो । 

छवि सुधारको प्रयास कि प्रभुत्व विस्तार ? 

पाकिस्तानलाई ऋणको जालमा फसाउने योजनामा चीन रहेको अरोप लाग्दै आएको छ । चीनले उल्लेख्य ऋण दिँदै कर्जाको जालमा फसाएर आफ्नो प्रभुत्व विस्तार गरिरहेको आरोप खेपिरहेको छ । यस्तोमा उसले आफ्नो नीतिमा परिवर्तन गर्दै यो आरोपमा छवि सुधारको प्रयास गरेको स्पष्ट छ । यद्यपि उसले अहिले अघि सारेको लगानीको योजनाले पनि पाकिस्तानका महत्वपूर्ण आयोजनामा चीनको कब्जा कायम हुनसक्छ । यसको माध्यमबाट चीनले सहजै पाकिस्तानमा आफ्नो प्रभाव कायम राख्नसक्छ ।

पाकिस्तानमा चीनको यति धेरै लगाव किन ? 

पाकिस्तानमा पाकिस्तानमा आफ्नो लगाव बढाउनुको एक प्रमुख कारण उसको महत्वाकांक्षी बीआरआईको योजना हो । यो योजनामा भारतले उसको विरोध गर्दै आएको छ । यस्तोमा पाकिस्तानको साथ विना योजना पूरा गर्न चीनलाई निकै कठिन हुन्छ । 


त्यसका साथै उसलाई चुनौती दिने योजनामा अघि बढिरहेको भारतलाई उचित जवाफ दिनका लागि पनि उसले पाकिस्तानलाई काखी च्यापेको हो । चीनले कुनै पनि समस्या साथै उसको अर्थतन्त्र बचाउनका लागि उपलब्ध स्रोत र साधनको पनि उचित प्रयोग गरिने बताएको छ । पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा १५ विभिन्न सम्झौतामा हस्ताक्षर भएको थियो । एजेन्सीको सहयाेगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ