arrow

अझै अपराजित म्यान्चेस्टर सिटी

logo
प्रकाशित २०७५ मंसिर १९ बुधबार
mancity6.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई अझै कायमै राखेको छ । मंगलबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले वाटफोर्डलाई २–१ ले पराजित गर्यो । १५औं खेलसम्म अपराजित यात्रा लम्ब्याएको सिटीले खेलको ४० औं मिनेटमा लिरोए सानेको गोलबाट अग्रता बनाएको थियो । 

उनले रियाद महारेजको पासलाई सदुपयोग गरेका थिए । ५१औं मिनेटमा रियाद महारेजले गोल गरेपछि सिटीले खेलमा २–० को अग्रता बनाएको थियो । रियादले गाब्रियल जेससको पासलाई गोलमा परिणत गरेका थिए ।

८५औं मिनेटमा एबिडौलाय डाउकुरेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए पनि त्यसपछि गोल भएन । 

सिटीको ४१ अंक भएको छ भने १३ खेलमा जित र २ खेलमा बराबरी खेलेको छ । 

सिटीले दोस्रो स्थानको लिभरपुलसँग ५ अंकको अग्रता बनाएको छ ।

 

The German winger wags his finger in celebration after putting the visitors on course for a seventh consecutive league win

The Manchester City players embrace goalscorer Sane after breaking the deadlock at Vicarage Road on Tuesday nightAbdoulaye Doucoure was not to be denied five minutes from time as he bundled home to set up a nervy finish for the leaders

लिगका अन्य खेलको नतिजा–

ब्राइटन होभ अल्वियोन ३–१ क्रिस्टल प्यालेस 

वेस्टह्याम युनाइटेड ३–१कार्डिफ सिटी
एएफसी बर्नमाउथ २–१ हडर्सफिल्ड टाउन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ