arrow

टेष्ट क्रिकेटमा मकलमको ५४ बलमा शतकको रेकर्ड (भिडियो )

logo
प्रकाशित २०७२ फागुन १७ सोमबार
Brendon_McCllum.jpg.jpeg
काठमाडौं। आफ्नो अन्तिम टेष्ट (१०१) खेलेका न्युजिल्याण्डका क्रिकेटर ब्रेण्डन मकलमले छिटो शतक बनाउने रेकर्ड कायम गरेका थिए। उनले उक्त शतक ५४ बलमा पुरा गरेका थिए। अष्ट्रेलिया बिरुद्धको अन्तिम टेष्टमा उनले उक्त रेकर्ड राखेका थिए। टेष्ट क्रिकेटमा अविश्वसनिय लाग्ने उक्त रेकर्ड मकलमले सार्थक पारेका थिए।
 
 टि-२० क्रिकेटमा मात्र देख्न पाईने उक्त ब्याटिङ शैली उनले टेष्ट क्रिकेटमा प्रदर्शन गरेका थिए। आफ्नो रेकर्ड पछिको प्रतिक्रियामा मकलमले आफुले प्रत्येक बललाई बाउण्ड्री कटाउने सुरमा ब्याटिङ गर्न ओर्लेको खुलासा गरेका थिए 
 
 यसअघि वेष्टईण्डिजका विवियन रिचरड्सको नाममा उक्त रेकर्ड रहेको थियो। रिचर्डसले ५६ बलमा शतक प्रहार गरेका थिए। १९८६ मा रिचर्ड्सले ईङ्ल्याण्ड बिरुद्ध उक्त रेकर्ड राखेका थिए। तीस बर्ष मपछि मकलमेले रिचर्डसको रेकर्ड तोडेका हुन्। त्यसैगरि पाकिस्तानी ब्याट्सम्यान मिसबाह उल हकले पनि ५६ बलमा शतक प्रहार गरेका थिए। 
 
बलको हिसाबमा सबै भन्दा छिटो शतक बनाएका मकलमले ७८ मिनेट ब्याटिङ गर्दै ५४ बलमा ४ छक्का र १६ चौका प्रहार गरेका थिए। ५१ बलमा ८८ मा खेलिरहेका मकलमले छिटो शतक बनाउने दौरान लगातार तीन चौका प्रहार गरेका थिए। उनले आउट हुनु अघि १४५ रन बनाएका थिए। 
 
उनले तोडेको रेकर्डको भिडियो यता उपलब्ध छ। 
 
भिडियो:
 



नयाँ