arrow

सर्जन राइषार्टको खोजी : अब सुँगुरको दिल मान्छेको शरीरमा

logo
प्रकाशित २०७५ मंसिर २२ शनिबार
surjan_copy.jpg

काठमाडौं । मेडिकल साइन्स अंग प्रत्यारोपणका लागि पूर्णतया अंगदातामा निर्भर हुनु पर्दछ । एक जर्मन सर्जनले सुँगुरको दिललाई लंगुरमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । योसँगै सुँगुरको दिललाई मानिसको शरीरमा हालेर प्रत्यारोपण गर्ने तयारी भईरहेको छ । 

जर्मन सर्जन ब्रूनो राइषार्टले लंगूरको शरीरमा सुगुँरको दिललाई सफलतापूर्वक प्रत्यारोपण गरेका हुन् । राइषार्ट जर्मनीका गन्यमान्य हृदय प्रत्यारोपण विशेषज्ञ हुन् । १९८३ मा डाक्टर राइषार्टले नै जर्मनीमा हृदय-फेफडोको पहिलो प्रत्यारोपण गरेका थिए । उनीहरु यसमा पनि विश्वस्त छन् कि यो दिल मानिसको शरीरमा पनि प्रत्यारोपण हुनसक्छ । मानिसको शरीरमा सुँगुरको दिल दिल धड्कने सम्भावना कति छ ? यसबारे जर्मन चिकित्सक राइषार्टले यसरी आफ्नो धारणा पोखे  । 

यहाँ नैतिकताको कुरा अहम छ । हामी सुँगुरको विषयमा लामो समयदेखि अध्ययन भईरहेको थियो । हामीले यो प्रत्यारोपण कार्य रोज्नुको पछि पहिलो त यहाँ सुँगुर मार्नको लागि यहाँको समाजले सजिलै स्वीकर गर्छ । त्यसैले हामीले सबैभन्दा पहिले सुँगुरको दिलमाथि अध्ययन गर्यौं । त्यस्तै, एउटा सुँगुर हरेक ४ महिनामा बच्चा पैदा गर्नको लागि सक्षम हुन्छ । यति मात्रै होईन बच्चा जन्माएको ६ महिनामा नै अर्काे प्रजननको लागि सुँगुर सक्षम रहन्छ । त्यसैले पनि हामीले सुँगुरलाई नै अध्ययनको विषय मानेका हौं । अर्काे कारण भनेको सुँगुरको दिल मान्छेको दिलसँग मिल्दो जुल्दो पनि हुन्छ । त्यसो त पछिल्लो ४० वर्षदेखि मानिसको शरीरमा सुँगुरको हृदय त प्रयोग गरिएको नै थियो । 

यो प्रक्रियामा अंग लिनको लागि लंगुरको नै प्रयोग चाहिँ किन गरियो ? यो प्रश्नमा उनी भन्छन्  'यो प्रशासनको नै माग थियो । प्रत्यारोपण सुँगुर या कुकुरको शरीरमा गर्नु हुँन्न । त्यसैले हामीले यस्तो जनावर खोज्यौं जो जैविक रुपले मानिस जस्तै होस् । ताकि यो जान्न सकियोस् यो प्रक्रिया मानिसमाथि कत्तिको सम्भव हुन्छ ।' 

यसरी सुँगुरको दिललाई मानिसको दिलमा सार्नको लागि पहिले त्यो दिलदाताको अंगलाई मानिसको अंगको आकारमा ढाल्नु पर्छ । सुँगुरको दिलमा अनुवांशिक रुपबाट भिन्नता ल्याउनु आवश्यक पर्दछ । यसरी प्रत्यारोपण सफल भएको खण्डमा हामीलाई अंगदाताको अभाव रहने छैन । यसको लागि अझै केही सफलता त आवश्यक नै छ । किनकी हामी अहिलेसम्म त बाँदर माथि मात्रै अंग प्रत्यारोपण गर्न सफल भएका छौं । यस्तो प्रयोगको लागि हामीलाई धेरै पैसा चाहिन्छ ।

हामी यही पैसाको अभावमा यो अध्ययन रोक्न पर्ने बाध्यतामा त पर्दैनौं ? भन्ने मलाई डर लागिरहेको छ । जर्मन वित्तीय फाउण्डेसनले अहिलेसम्म त धेरै वित्तीय सहायता दिएको छ । तर, अबको सहायताको लागि हामीलाई लगानीकर्ता चाहिएको छ र सुविधासम्पन्न अस्पताल पनि । 
एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ