arrow

चन्द्रमाको अध्ययनका लागि चीनको महत्वाकांक्षी योजना 

logo
एजेन्सी
प्रकाशित २०७५ मंसिर २७ बिहिबार
china-moon.jpg

काठमाडौं । अन्तरिक्षको मामिलामा चीन अमेरिका र रुसभन्दा पछाडि परेको मुलुक हो । यद्यपि पछिल्लो समय मलुकको आर्थिक क्षेत्रमा देखिएको व्यापक सुधारसँगै चीनले पनि आफ्नो ध्यान अन्तरिक्षमा खिचेको छ । 

यसैक्रममा चीनले चन्द्रमामा रोबोटिक विमान चन्द्रमामा ल्याण्ड गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । चिनियाँ सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार चीनले पृथ्वीबाट कहिल्यै नदेखिने चन्द्रमाको भोन कार्मन क्रेटरका लागि यो योजना अघि सारेको हो ।

 यो मिसनको नाम ‘चाङ ई–४’ नाम दिइएको छ । चीनको सिचाङ स्याटेलाइट लन्च सेन्टरबाट चीनले आफ्नो महत्वाकांक्षी योजनाको लागि रकेट पठाएको छ । यो रकेट जनवरीको सुरुवातमा चन्द्रमाको उक्त स्थानमा ल्याण्ड गर्नेछ । 

यो मिसनले चीनलाई चन्द्रमाको ढुङ्गा र माटोका नमुनाहरु पठाउनेछ । भोन कार्मन क्रेटर वैज्ञानिकहरुको लागि निकै चासोको विषय रहेको छ । अध्ययनको हिसाबमा भन्ने हो यो क्षेत्र निकै महत्वपूर्ण क्षेत्र हो । 

पृथ्वीबाट हेर्दा सधैं चन्द्रमाको एउटै मात्र भाग देखिन्छ । जसको कारण चन्द्रमाको नदेखिने भागको विषयमा वैज्ञानिकहरुमा चासो रहँदै आएको छ । पृथ्वीबाट देखिने क्षेत्रको जानकारी नदेखिएको भागबारे पाउन सकिएको छैन । 

महत्वपूर्ण परीक्षण 

चीनको यो योजनाले निकै महत्वपूर्ण कुराको जानकारी पाउनसकिने भन्दै प्रशंसा सुरु भएको छ । चन्द्रमामा ‘रेडियो वातावरण’को विषयमा पनि यो योजनाले जानकारी दिनेछ । यससँगै चन्द्रमाको नदेखिने भागमा रेडियो अन्तरिक्ष सुरु गर्न सकिने बताइँदै आएको छ । 

अहिले पठाइएको विमानमा ३ किलोग्राम आलु र अन्य केही बीजनहरु पठाइएको छ । यसले चन्द्रमामा जीव विज्ञानको सम्भाव्यताको पनि अनुसन्धान गर्न सहयोग पुग्नेछ । चीनको यो योजना विभिन्न २८ भिनियाँ विश्वविद्यालयको सहयोगमा ल्याइएको हो । 

अहिले अघि सारिएको योजनाले चन्द्रमामा विरुवाको श्वासप्रश्वास तथा प्रकाश ग्रहणको विषयलाई कुन हिसाबमा लिन सकिन्छ भन्ने विषयमा पनि अध्ययन गर्न सकिने बताइएको छ । 

वैज्ञानिकहरुले चन्द्रमामा आलु उर्मानका लागि केही व्यवस्थासहित चन्द्रमामा पठाएका छन् । अहिलेसम्म नदेखिने भागबाट कुनै अनुसन्धान गरिएको कारण चिनियाँ रकेटले यस किसिमको योजना अघि सारेका हुन् । 

कसरी हुँदैछ अध्ययन ?

अहिले पठाइएको विमानमा दुई क्यामेरा फिट गरिएको छ । रेडियनबारे अनुसन्धानको लागि जर्मनीमा बनेको एलएनडी प्रविधिको प्रयोग गरिएको छ । निकै कम फ्रिक्वेन्सीमा काम गर्ने स्पेक्टोमिटरको प्रयोग गरिएको छ । उक्त प्रविधिहरुको सहयोगमा चन्द्रमामा रहेको पौष्टिक तत्व तथा विरुवा हुर्कनका लागि आवश्यक पर्ने अन्य वातावरणहरुमो जानकारी दिनेछन् ।
 
चीनको चन्द्रमाको विस्तारित अध्ययनको योजनाअन्तर्गत यस किसिमको योजना अघि सारिएको हो । चीनले चाङ–५ र ६ लाई नमुना पृथ्वीमा ल्याउने मिसनको रुपमा अघि सारेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ