- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालका लागि चीनले नयाँ राजदूतका लागि एक उर्दू भाषाविद्लाई पठाउने भएको छ । चीनले आफ्नो विदेश मन्त्रालयको एसिया मामिला विभागकी उपनिर्देशक होउ यान्छीलाई नेपालका लागि राजदूतमा प्रस्ताव गरेको हो ।
राजदूत यु होङ कार्यकाल सकी स्वदेश फर्कदै गर्दा उनको स्थानमा महिला नै आउन लागेकी हुन् । यान्छीको एग्रिमोका लागि परराष्ट्र मन्त्रालयमा नाम पठाइसकिएको छ ।
यान्छीलाई नेपालका लागि राजदूत बनाउन खोज्नुमा चीनले धेरै सोचविचार गरेको हुन सक्छ । त्यसमाथि पनि एक उर्दूभाषाविज्ञ । उनले उर्दू भाषामा स्नातकोत्तरको शिक्षा हासिल गरेकी छिन् ।
पाकिस्तानमा रहेका स्थानीय मुस्लिम धर्मावलम्बीहरुसंग हिमचिम बढाउन यो भाषा पढेकी थिइन् ।
त्यो भाषाले नेपालमा पनि काम गर्ने अनुमान गरिएको छ । सम्भवतः उनी हिन्दी भाषामा पनि पोख्त रहेको हुन सक्ने स्रोत बताउँछ ।
खुफिया एजेन्सीमा काम गरेको अनुभव बटुलेकी उनले त्यो दक्षतालाई नेपालमा चीनबारे हुने गतिविधिमा नियाल्न पनि फाइदा हुने अपेक्षा गरिएको छ ।
अर्कातर्फ चीन निकट स्रोतका अनुसार यान्छीको मुख्य उद्धेश्य ‘वन रोड वन बेल्ट’ .ओआरओबीलाई अझ सशक्त बनाउनु हुनेछ । गत वर्ष भारत बाहेकका ५ दक्षिण एसियाली राष्ट्रसहित छिमेकी ६ राष्ट्रले चीनको राजधानी बेइजिङमा २० वटा सहमतिमा चीनसंग हस्ताक्षर गरेका थिए ।
त्यसलाई मजबुद पारेर भौतिक पूर्वाधार निर्माण र त्यसको लागि सहयोग जुटाउन चीनले सघाउ पुर्याउने छ ।
नेपालसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र म्यानमारले विविध सहमतिमा हस्ताक्षर गरेका थिए । यसलाई मजबुद बनाएर प्रतिस्पर्धी भारतलाई पनि एक कदम अगाडि बढ्नका लागि यान्छीले कुनै कसर बाँकी नराख्ने अपेक्षा गरिएको छ ।