arrow

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करीब आधा किलो सुन बरामद

logo
प्रकाशित २०७५ पुष ३ मंगलबार
gold-pure2.jpeg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले करीब आधा किलो सुन बरामद गरेको छ ।  मंगलबार प्रहरीले सुन बरामद गरेको विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेश मैनाली जाकारी दिए ।

विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गलाई पक्राउ गरिएको हो । यसबारे अनुसन्धान गरिरहेको छ । 

 यसअघि पनि विमानस्थलबाट उल्लेख्यमात्रामा सुन समातिँदै आएकोमा मंगलबार पनि करीब आधा किलो सुन समातिएको हो । प्रहरी प्रवक्ता मैनालीले सुन समातिएको समाचारको पुष्टी गर्दै थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

नेपालमा त्रिभुवन विमानस्थलबाट नै धेरै सुन तस्करी हुने गरेको बताइँदै आएको छ । यसअघि  विमानस्थलबाटै ३३ किलो सुन बरामद गरिएको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ